HomeFeatureभारतीय सेनाध्यक्षको नेपाल भ्रमणले दुई देशको सम्बन्धलाई सकारात्मक उर्जा प्रदान: सुरक्षा विज्ञ...

भारतीय सेनाध्यक्षको नेपाल भ्रमणले दुई देशको सम्बन्धलाई सकारात्मक उर्जा प्रदान: सुरक्षा विज्ञ डा. उमेश भट्टराई

काठमाण्डौ, 7 नोवेम्बर 2020

भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई सकारात्मक उर्जा प्रदान गरेको सुरक्षा विज्ञ उमेश भट्टराईले बताउनुभएको छ। संवाद हिनताको अवस्थामा रहेको कुटनीतिलाई नरवणेको भ्रमणले केही हदसम्म सकारात्मक बनाउन सहयोग पुगेको सुरक्षा विज्ञ भट्टराईले बताउनुभएको छ। शनिबार सुरक्षा विज्ञ भट्टराईले नरवणेको भ्रमणले नेपाल र भारतबीचको कुटनीतिक सम्बन्धलाई केही हदसम्म भएपनि गतिशिल बनाउने विश्वास जगाएको बताउनुभयो। सार्वभौंम सत्ता सम्पन्न राष्ट्रको हिसाबले दुई देशबीचको सम्बन्धलाई बढाउन चाहने भएपनि एक वर्ष देखि रोकिएको प्रकृयामा यो भ्रमणले कुटनीतिक सुरुवात भएको छ भन्ने सन्देश दिएकोले सकारात्मक रुपमा लिनुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो मुख्य गरेर संवाद हिनताको अवस्थामा रहेको हाम्रो कुटनीतिलाई यसले केही हदसम्म अवस्थालाई चिर्नेकाम गर्छकी भन्ने हाम्रो अनुमान र विश्वास जगाउँछ नै । किनभने जुन किसिमले प्रधानमन्त्रीले पनि हिजो वार्ता गर्दाखेरी कुरा गर्नुभयो हाम्रो सम्बन्ध इतिहास देखिको भिन्दै किसिमको हो र एउटा सार्वभौंम सत्ता सम्पन्न राष्ट्रको हिसाबले हामी दुई देशको बीचको सम्बन्धलाई बढाउन चाहन्छौं । यसमा एकवर्षदेखि रोकिएको प्रकृया छ । त्यो कुटनीकिक पहलबाट यसको सुरुवात होस भन्ने किसिमको सन्देश दिनु भएको छ भारतीय संस्थापनलाई वा भारतको सरकारलाई । त्यसले सकारात्मक भुमिका नै खेल्छ भन्ने लाग्छ ।

दुई देशबीचको सेनाको सम्बन्ध व्रिटिस आर्मी रहदा देखिकै भएकोलेपनि सैन्य कुटनीतिलाई भिन्दै किसिमले व्याख्या गर्नुपर्ने आवश्यकता नरहेको उहाँले बताउनुभयो । कुटनीति सैन्य भएपनि वा गैह्र सैन्य भएपनि अन्ततगत्व मुलुकलाई निकास दिन मद्दत पुग्ने पनि भट्टराईको भनाई छ ।

उहाँले भन्नुभयो सेनाको सम्बन्धको कुरा व्रिटिस आर्मीको बेला देखिकै निरन्तरता हो । यसमा भिन्दै किसिमले कुटनीति, सैन्य कुटनीतिको व्याख्या कतिपयले गरेको मैले नी सुनेको छु । तर यो होइन । कुटनीति भनेको कुटनीति नै हो । त्यो सैन्य होस वा गैह्र सैनिक होस । त्यसले अन्ततगत्वा मुलुकलाई एक किसिमको निकास दिनको निम्ति मद्दत गर्ने हो । त्यो हिसाबले हेर्यो भने सैन्य कुटनीतिलाई छुट्टै मान्नु आवश्यक छैन ।

इतिहास देखिकै सम्बन्धका कारण नेपाली सेनाले भारतीय सेनासँग कुटनीतिक सम्बन्ध विकास गर्न खोज्नुलाई अन्यथा ठान्न नहुने पनि भट्टराईले बताउनुभयो । तर स्वतन्त्र मुलुकको हिसाबले कुनैपनि स्थितिमा पछाडि हट्न नहुने र अहिलेको भ्रमणले कुटनीतिक वातावरण सकारात्मक बनाएको स्पष्ट हुने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...