HomeFeatureआज गणेशमान सिंहको १०६ औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाईंदै

आज गणेशमान सिंहको १०६ औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाण्डौ,9 नोवेम्बर 2020

सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी आज मनाईंदै छ। सिंहको जन्मजयन्तीका अवशरमा विभिन्न राजनीतिक दलका नेताहरुले सिंहलाई राष्ट्रिय एकताको सम्बाहक र त्यागी नेताका रुपमा सम्झेका छन। तत्कालित समयमा राष्ट्रिय एकताका लागि उहाँले खेल्नुभएको भूमिको नेताहरुले प्रशंसा गरेका छन। सिंहको जन्मजयन्तीका अवशरमा गणेशमान सिंह तथा जन आन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानद्वारा आयोजना गरिएको कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाले गणेशमानसिंहले राष्ट्रिय एकताका लागि लिनुभएको पहलका कारण राजनीतिक सहमतिमै नेपालको संविधान जारी भएको बताउनुभयो। राष्ट्रिय एकताका लागि उहाँले लिनुभएका कदमहरु कति सान्दर्भिक थिए भन्ने कुरा २०४६ सालमा प्रमाणित गर्नुभएको उहाँले बताउनुभयो। कम्युनिष्ट र काँग्रेस भनेर सधै विवाद र बहस हुने गरेकोमा सिंहले त्यसलाई तोडेर राष्ट्रिय एकताको भावना जागृत गराउनुभएको सभामुख सापकोटाले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘गणेशमान सिंह राष्ट्रिय एकताका पक्षपाती हुनुहुन्थ्यो भन्ने कुरा २०४६ मा प्रमाणित भएको छ। २०४६ काँग्रेस र कम्युनिष्ट भनेर विभिन्न विवाद, बहस हुने गर्थे उहाँले त्यसलाई तोडेर राष्ट्रिय एकताको भावना जागृह गर्नुभयो। उहाँले राख्नुभएको राष्ट्रिय एकताको भावना अझै परिपूर्ण हुन बाँकी छ तर उहाँले लिनुभएको पहलका कारण काँग्रेस कम्युनिष्ट नभनि नेपालको संविधान जारी गर्न सकेका हौँ।’’

संविधानसभाका अध्यक्ष सुवासच्द्र नेम्वाङले गणेशमान सिंहको नेतृत्वमा भएको आन्दोलनले निरंकुश पञ्चायित व्यवस्था विरुद्ध सफता हासिल भएको बताउनुभयो। अहिले राजनीतिक क्षेत्रमा लागेका व्यक्तिहरुले राजनीतिकलाई पेशका रुपमा लिने गरेको भएपनि सिंहले राजनीतिलाई सधै सेवाको रुपमा लिने गरेको उहाँले स्मरण गर्नुभयो।

उहाँले भन्नुभयो, ‘‘अहिले राजनीतिमा लागेकाहरुको बीचमा पदमा पुग्नुपर्छ। अझ शीर्ष तहमा गएकाहरु प्रधानमन्त्री हुनुपर्छ। (कसैप्रति टिप्पणी गर्न खोजेको होइन) प्रधानमन्त्री पनि एक पटक भएर पुग्दैन पटक पटक हुनुपर्छ भन्ने छ। (कसैप्रतिको टिप्पणी होइन) तर म आफै आग्रह गर्ने गर्छु राजनीति पेशा होइन सेवा हो। त्यती बेला गणेशमानजीले व्यवहारमा गरेर देखाउनुभयो। आफु प्रधानमन्त्री हुनुभएन। आफ्ना साथीभाइलाई बनाउनुभयो। त्यसैले धेरै प्रधानमन्त्रीहरु भन्दा अगाडी उहाँको सम्झना गरिन्छ। उहाँको नाम अगाडी आउँछ। सम्मान प्राप्त गर्न प्रधानमन्त्री नै हुनुपर्छ भन्ने नरहेछ भन्ने उहाँले प्रमाणित गर्नुभएको छ।’’

नेपाली काँग्रेसका सचेतक पुष्पा भुसालले सिंहले संगठन/सरकारमा जहाँ भएपनि आफ्नो फरक मत राखेपनि लोकतन्त्र र राजनीतिक दल कमजोर हुने काम कहिले नगरेको बताउनुभयो। पार्टीले गरेका हरेक निर्णयहरु स्वीकार गर्ने सिंह क्षमता र खुबीलाई आजका नेता कार्यकर्ताहरुले सिक्न जरुरी रहेको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘संगठन वा सरकारमा जहाँ भएपनि उहाँले आफ्नो विचार राख्नुहुन्थ्यो फरक मतको रुपमा तर उहाँले लोकतन्त्र र राजनतिक दल कमजोर हुनेगरी कहिलेपनि आफ्नो काम गर्नुभएन। पार्टीको निर्णय स्वीकार गर्ने उहाँको क्षमता र खुबीलाई आजको नेता कार्यकर्ताले सिक्न जरुरी छ।’’

कार्यक्रममा राष्ट्रिय जागरण अभियन्ता तथा सीमाविद बुद्विनारायण श्रेष्ठलाई शान्ति स्वर्ण पदकबाट सम्मानित गरिएको छ। सम्मानित भएपछि श्रेष्ठले सरकारले सबै पक्षसँग छलफल गर्दै सुझाव संकलन गरी सीमा विवाद हल गर्नुपर्ने बताउनुभयो। चीनले सगरमाथामा आफ्नो दावी गर्दा विपि कोइरालाले विवाद समाधानका लागि खेलेको भूमिका अहिलेको राजनीतिक नेतृत्वले पनि खेल्नुपर्ने उहाँले बताउनुभयो। सम्मानले अझै काम गर्ने प्रेरणा मिलेको उल्लेख गर्दै उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेतको सम्पूर्ण नेपालको भूमि समेटिएको नक्साहरु प्रकाशनको तयारी गरेको बताउनुभयो। उहाँले आफुले ७९ नक्सा सहितको किताब प्रकाशनको तयारीमा आफु रहेको बताउनुभएको हो।

२०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंह विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिनु भएको थियो। नेता सिंहको २०५४ असोज २ गते निधन भएको हो। काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका बनाउनुभएको थियो। २०४६ सालको आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रह उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...