HomeFeatureमंगलबार शेयर बजार नेप्सेमा वृद्धि, २५ दशमलव ९८ अंकले बढ्यो

मंगलबार शेयर बजार नेप्सेमा वृद्धि, २५ दशमलव ९८ अंकले बढ्यो

काठमाण्डौ, 10 नोवेम्बर 2020 

साताको तेस्रो दिन मंगलबार शेयर बाजरमा परिसूचक नेप्से बढेको छ। परिसूचक नेप्से १ दशमलव ५७ प्रतिशत अर्थात २५ दशमलव ९८ अंकले बढेर १ हजार ६ सय ७८ दशमलव ७९ अंकमा बन्द भएको छ। सेन्सेटिभ परिसूचक पनि ५ दशमलव शुन्य ६ अंकले बढेर ३ सय ३० दशमलव ३९ अंकमा बन्द भएको छ । अहिले बैंक तथा वित्तीय संस्था लगायतका कम्पनीहरुले गत वर्षको नाफाबाट लाभांश घोषणा गर्ने समय हो। त्यसैले बजारमा शेयरको माग बढन जाँदा परिसूचक नेप्सेमा सकारात्मक असर परेको देखिन्छ। यस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणहरु पनि प्रकाशित भइराखेको र कतिपय कम्पनीले राम्रो वासलात तयार पारेकाले लगानीकर्ता आकर्षित भएको हुनसक्छ। कोभिडको समयमा पनि कम्पनीहरुको वित्तीय विवरणमा तुलनात्मक रुपमा खासै असर नपरेपछि लगानीकर्ताले शेयरमा लगानी बढाएको देखिन्छ। आज (मंगलबार) मात्रै बजारमा ४ अर्ब ९ करोड ६१ लख ९० हजार २ सय ५६ रुपैयाँ बराबरको ९६ लाख ५७ हजार ६ सय ७७ कित्ता शेयर खरिदविक्री भएको छ। कारोबारमा आएका समूह मध्ये जलविद्युत र म्युचुअल फण्ड बाहेकका सबै समूहका सूचकहरु बढेका छन। सबैभन्दा धेरै व्यापार समूह ७ दशमलव ८७ प्रतिशतले बढेको छ। यस्तै होटल समूह ४ दशमलव ९१ प्रतिशत, जीवन बीमा समूह ४ दशमलव ८७ प्रतिशत, अन्य समूह ४ दशमलव २ प्रतिशतले बढेको छ। निर्जीवन बीमा समूह १ दशमलव ९४ प्रतिशत, उत्पादन तथा प्रसोधन समूह १ दशमलव २८ प्रतिशत, बैंकिङ समूह शुन्य दशमलव ५५ प्रतिशत, वित्त समूह शुन्य दशमलव ४४ प्रतिशत, विकास बैंक समूह शुन्य दशमलव ३९ प्रतिशत र लघुवित्त समूह शुन्य दशमलव १८ प्रतिशतले बढेको छ। साल्ट ट्रेडिङ कर्पोरेशन र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ। यस्तै सानिमा जनरल इन्स्यारेन्सको शेयर मूल्य ९ दशमलव ९१ प्रतिशत र नेपाल दुरसञ्चार कम्पनीको शेयर मूल्य ९ दशमलव ४९ प्रतिशतले बढेको छ। शेयर मूल्य घटेका कम्पनीहरु मध्ये बिसाल बजार कम्पनीको शेयर मूल्य सबै भन्दा धेरै ४ दशमलव ६१ प्रतिशतले घटेको छ। सबैभन्दा धेरै शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ। यो कम्पनीको २८ करोड ५३ लाख ३२ हजार रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको शेयर कारोबार पनि २३ करोड ५८ लाख ४४ हजार रुपैयाँ बढीको भएको छ। २० करोड भन्दा माथि शेयर कारोबार हुनेमा हिमालयन डिस्टिलरी र नेपाल दुरसञ्चार कम्पनी रहेका छन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...