काठमाण्डौ, 12 नोवेम्बर 2020
उइगुर मुस्लिम समुदायमाथि चीनमा भइरहेको दमन, शोषण अन्त्य गर्न माग गर्दै मुस्लिम समुदायले विरोध प्रदर्शन गरेका छन। जमीअत उलमाए नेपालले उइगुर समुदायमाथि चीनमा भइरहेको अत्याचार बन्द माग गर्दै प्रदर्शन गरेको हो। उइगुर समुदायमाथि दमन गरेर जघन्य अपराध गरिरहेको चीनले मुस्लिम समुदायको संस्कृतिमाथि नै प्रतिवन्ध लगाउने काम गरेको जमीअत उलमाए नेपालका सल्लाहकार युनुस हमरले बताउनुभयो। मुस्लिम समुदायका व्यक्तिहरुपनि शान्तिका पक्षरहेको उल्लेख गर्दै उहाँले अन्य धर्मका मानिसहरुजस्तै स्वतन्त्र रुपले बाँच्न पाउने अधिकारको ग्यारेण्टी गर्नुपर्ने माग गर्नुभयो।
प्रदर्शनमा सहभागिहरुले काठमाडौंको पुरानो बसपार्कबाट पद्मकन्या क्याम्पससम्म विरोध र्याली गरेका थिए। प्रदर्शनमा सहभागिहरुले ‘चीनमा उइगुर मुस्लिममाथिको अत्याचार बन्द गर’, उइगुर मुस्लिमलाई स्वतन्त्रता देउ’, उइगुर मस्लिमको मानवअधिकार बहाली’ गर जस्ता नारा लगाएका थिए । आज नै उनीहरुले नेपालस्थित चिनियाँ दुतावास अगाडी धर्ना समेत दिएका छन् ।









































