HomeFeatureसुदूरपश्चिम प्रदेशमा कृषि अनुसन्धान केन्द्र स्थापना हुँदै

सुदूरपश्चिम प्रदेशमा कृषि अनुसन्धान केन्द्र स्थापना हुँदै

कैलाली, 12 नोवेम्बर 2020

सुदूरपश्चिम प्रदेश सरकारले कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापनाको तयारी थालेको छ । खेतीयोग्य जमिन बाँझो राख्ने तथा खण्डीकरण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले प्रदेशमा कृषि गतिविधि सञ्चालन गरिन लागेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ आइबिआरडी बजार नजिक रहेको राष्ट्रिय आवास कम्पनीका नाममा रहेको ७४ बिघा जमिनमा कृषि अनुसन्धान,प्रसार र शिक्षा केन्द्र स्थापनाको प्रक्रिया सुरु भएको छ। नेपालमा किसानहरुले मल खाद र सहज रुपमा बिउ बिजन पाउन सक्ने अवस्था छैन् । धान रोप्नुभन्दा पहिले नै नेपालमा युरिया मल ल्याइसक्ने सरकारी तयारी धान काटेर गहुँ रोप्ने बेलासम्म पनि आइनपुग्नु यसको उदाहरण हो । यद्यपी सरकारले गत सोमबार मात्रै जीटुजी माध्यमबाट बंग्लादेशसँग मल किन्ने निर्णय गरेको छ । सरकारले समयमा आवश्यक बिउ बिजन उपलब्ध गराउन नसक्ने तथा कृषकहरुले समेत आवश्यक तालिम पाउन नसक्दा कृषि क्षेत्रमा सोचे अनुरूप उपलब्धि हुन सकेको छैन । यो अवस्थालाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेश सरकारले कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र बनाउन लागेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ आइबिआरडी बजार नजिक रहेको राष्ट्रिय आवास कम्पनीका नाममा रहेको ७४ बिघा जमिनमा कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापनाको प्रक्रिया सुरु भएको हो । अनुसन्धान केन्द्र स्थापना भएपछि सुदूरपश्चिममा कृषि क्षेत्रको विकास हुने कृषि व्यवसाय, प्रवद्र्धन तथा सहयोग तालिम केन्द्र कञ्चनपुरका प्रमुख टिकाराम थापा बताउँनुहुन्छ ।

प्रदेश सरकार र स्थानीय तहबीच समन्वयन भएर नै अनुसन्धान केन्द्र निर्माण गरिने भएको हो । प्रदेशले अगाडी सारेको कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र बनाउने योजनाले सुदूरपश्चिम प्रदेशलाई नै फाइदा पुग्ने पूनर्वास नगरपालिकाका प्रमुख जीवन थापाले बताउनुभयो । केन्द्र स्थापना भएपछि रोजगारी सिजर्ना हुने र स्थानीयहरुलाई प्रत्यक्ष रुपमा फाइदा हुने उहाँले बतानुभयो । प्रदेशभरी नै बिउ बिजन उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले पटक पटक टेण्डर आह्वान गर्दा पनि सहज रुपमा मल र बिउ बिजन उपलब्ध नहुने समस्याको समाधान हुने बताउनुभयो ।

स्थानीय कृषकहरु भने आफ्नै क्षेत्रमा गुणस्तरिय बिउ बिजन र मल उत्पादन हुने भएपछि खुसी भएका छन् । सीमावर्ती क्षेत्र भारतबाट गुणस्तरहिन बिउ र मल ल्याएर प्रयोग गर्दै आएका किसानहरुले सरकारी योजनाको स्वागत गरेका छन् । समयमा बिउ नपाइने र भारतबाट ल्याएको बिउ र मल गुणस्तरहित हुने समस्या गरेकोमा अध्ययन केन्द्र स्थापना भएपछि सहज हुने किसानहरुको भनाई छ ।

अध्ययन केन्द्र स्थापनाका लागि व्यवस्थापन समिति गठन गरी निर्देशिका समेत तयार पारिएको छ । सुदूरपश्चिम प्रदेशमा कृषि अनुसन्धानका लागि अहिलेसम्म कुनै व्यवस्था नभएकोमा यहाँ सो केन्द्र स्थापना भए कृषि अनुसन्धान पनि गरिने छ । केन्द्र सञ्चालनमा स्थानीय स्तरमा रोजगारी सिवर्ना हुने छ । किसानको दैनिकीसँग जोडिएको यो केन्द्र चाँडो स्थापनामा सबैको सहकार्य हुनुपर्छ । उसोे त यस अघि पनि यस्ता निति र कार्यक्रम भने नआएका होइनन् तर कार्यान्वयनमा सरोकारवालाहरुको ध्यान केन्द्रित नहुदा प्रभावकारी हुन सकेका छैनन् । यसतर्फ भने सबैको ध्यान जान जरुरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...