HomeFeatureमंसिर ३ गते बस्ने गरि नेकपाको सचिवालय बैठक सम्पन्न, छलफलका लागि कार्यसूची...

मंसिर ३ गते बस्ने गरि नेकपाको सचिवालय बैठक सम्पन्न, छलफलका लागि कार्यसूची बनाउने निर्णय

काठमाण्डौ, 13 नोभेम्बर 2020

लामो समयपछि बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंसिर ३ गते अर्को बैठक बोलाउने निर्णय गर्दै सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले मंसिर ३ गते अर्को बैठक बोलाउने र छलफलका लागि कार्यसूची बनाउने निर्णय गरेको छ । पार्टीमा उत्पन्न संकट, समस्या र समाधानका लागि कार्यसूची बनाएर छलफल गर्ने निष्कर्षका साथ बैठक सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । यस्तै आजको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा देखिएको संकटका विषयमा तयार पारेको राजनीति प्रतिवेदन सचिवालय सदस्यहरुलाई वितरण गरिएको छ । पार्टीभित्र देखिएको पछिल्लो संकटका विषयमा प्रचण्डले प्रतिवेदन तयार पार्नुभएको उहाँले बताउनुभयो । यसैगरी स्थायी कमिटी बैठकपछि जारी गरिएको अन्तरपार्टी निर्देशनपनि अध्ययनका लागि वितरण गरिएको उहाँले बताउनुभयो । आजको बैठकमा यसअघि सचिवालय बैठक बोलाउनका लागि प्रचण्डले गरेको आग्रह र सचिवालयका बहुमत सदस्यहरुले पेश गरेको लिखित पत्रका विषयमा पनि छलफल भएको छ । प्रचण्डले ओलीलाई बैठक बोलाउन माग गर्दै पठाएको पत्र तयसको जवाफमा ओलीले प्रचण्डलाई पठाएको पत्र त्यसपछि प्रचण्डले ओलीलाई पठाउनुभएको पत्रको जवाफका विषयपनि बैठकमा उठेको उहाँले बताउनुभयो । ती पत्रहरु समेत सचिवालयका सदस्यहरुलाई वितरण गरिएको छ । वितरण भएका सबै सामग्री अध्ययन गरी अर्को बैठकमा पार्टी एकताको रक्षा, पार्टी र सरकारका सामु देखिएका ऐतिहासिक जिम्मेवारी पुरा गरेर अगाडी बढ्ने विषयमा छलफल गर्ने उहाँले बताउनुभयो । आगामी बैठकमा कर्णाली र पर्सा घटनालगायतका विषय पनि छलफलका एजेण्डा बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...