HomeFeatureनेवार समुदायद्वारा नेपाल संवत ११४१ लाई स्वागत, राष्ट्रिय विभूति शंखधर शाख्वाको प्रतिमामा...

नेवार समुदायद्वारा नेपाल संवत ११४१ लाई स्वागत, राष्ट्रिय विभूति शंखधर शाख्वाको प्रतिमामा माल्यार्पण

काठमाण्डौ, 16 नोभेम्बर 2020

नेवार समुदायले राष्ट्रिय विभूति शंखधर शाख्वाको प्रतिमामा माल्यार्पण गर्दै नेपाल संवत ११४१ लाई स्वागत गरेका छन् । विशेषगरी नेवार समुदायले नेपाल संवत धुमधामका साथ मनाउने गर्दछन् । विगत वर्षहरु मोटर साइकल ¥याली, सहर परिक्रमा लगायतका विभिन्न कार्यक्रम गरी नेपाल संवत मनाउने गरिएको भएपनि यो वर्ष कोरोना महामारीका कारण औपचारिकतामा मात्रै सिमित रह्यो । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गरेको विश्वास गरिन्छ । विश्वभरी नेपाल समुदायले नेपाल संवत मनाउने गरेका छन् । नेवार समूदायका अगुवाहरुले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा मान्यता दिएर पनि सरकारले आधिकारिक रुपमा प्रचलनमा नल्याएको भन्दै सरकारसँग असन्तुष्टी व्यक्त गरेका छन् । नेपालको आफ्नो संवत हुँदाहुँदै पनि प्रचलनमा नल्याउनु दुः खद भएको नेवार समुदायका अगुवा तथा सर्वसाधारणहरुको भनाई छ ।

नेपाल संवतलाई राष्ट्रिय मान्यता दिँदै आधिकारिक रुपमा प्रचलनमा ल्याउनुपर्ने माग राख्दै विसं २००७ साल देखि नै अभियान चल्दै आएको छ । अहिले विश्व नै कोरोना महामारीसँग लडिरहेको अवस्थामा ‘कोरोनामुक्त वर्ष ११४१’ होस भन्ने कामनाका साथ शुभकामना आदान प्रदान गरि नेपाल संवत भनाइरहेको नेपाल संवत (न्हुँद) राष्ट्रिय समारोह समितिका संयोजक रमेश महर्जनले बताउनुभयो ।

गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । तर आधिकारिक दस्तावेजहरुमा भने राष्ट्रिय संवत भनेर उल्लेख गरेको पाइदैन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...