HomeFeatureदिल्लीमा कोरोनाको तेस्रो लहर, एकैदिन थपिए 7 हजार बढि संक्रमित, एकैदिनमा 131...

दिल्लीमा कोरोनाको तेस्रो लहर, एकैदिन थपिए 7 हजार बढि संक्रमित, एकैदिनमा 131 जनाको मृत्यु

दिल्ली, 19 नोवेम्बर 2020

भारतको राजधानी दिल्लीमा कोभिड-19 को तेस्रो लहर छाएको छ। दिल्लीमा पछिल्लो 15 दिनमै 1 लाख नयाँ संक्रमित थपिएका छन । यस दौरान 1 हजार 2 सय 2 जनाको मृत्यु भएको छ । दिल्लीमा हिजोमात्र 7 हजार 4 सय 86 नयाँ संक्रमित भएका छन । दिल्लीमा अहिलेसम्म संक्रमित हुनेको संख्या 5 लाख 3 हजार 84 पुगेको छ। हिजो एकैदिनमा दिल्लीमा अहिलेसम्मकै सर्वाधिक 131 जनाको कोभिड-19 का कारण मृत्यु भएको छ । अहिलेसम्म ज्यान गुमाउनेको संख्या 7 हजार 9 सय 43 पुगेको छ । योसँगै दिल्ली भारतमा सबैभन्दा धेरै संक्रमण फैलिएको राज्य बनेको छ । यसअघि महाराष्ट्र राज्य महामारीले सबैभन्दा धेरै प्रभावित राज्य थियो । यद्धपी कोरोनाले धेरै मृत्यु भने दिल्लीभन्दा धेरै महाराष्ट्रमै छ। महाराष्ट्रमा यस भाईरसबाट अहिलेसम्म 10 हजार 6 सय 15 जनाको मृत्यु भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले चाडपर्वका क्रममा मानिसहरुले बजार पसलमा किनमेलका क्रममा भिडभाड गरेकाले दिल्लीमा कोरोना महामारी बढेको बताउनु भएको छ। दिल्ली सरकारले कोरोना महामारी रोकथामका लागि कयौं प्रतिवन्धहरुमा कडाई गरेको छ। दिल्लीका भिडभाड हुने बजार क्षेत्रमा फेरि लकडाउन गर्ने तयारी गरिएको छ भने वैवाहिक समारोहमा 2 सय जनासम्म भेला हुन छूट दिइएकोमा अब फेरि 50 जनासम्म मात्रै भेला हुन अनुमति दिइएको छ । सार्वजनिक स्थलमा छठ पर्व मनाउन प्रतिवन्ध गरिएको छ । यसअघि दिल्लीको यमुना नदिमा छठ पर्व मनाउन निकै भिडभाड हुने गर्थ्यो । भारतमा लकडाउनपछि सबैभन्दा पहिले अब महामारीसँगै जिउन सिक्नुपर्छ भन्दै लकडाउन खुकुलो पार्ने राज्य दिल्ली हो । दिल्लीमा महामारी निकै बढेपछि दिल्ली सरकार फेरि नियन्त्रण तथा रोकथामका काममा केन्द्रीत भएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...