HomeFeatureअमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडन जोर्जिआ राज्यमा भएको पुन: मतगणनामा पनि विजयी

अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडन जोर्जिआ राज्यमा भएको पुन: मतगणनामा पनि विजयी

काठमाण्डौ, 20 नोभेनम्बर

अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडन जोर्जिआ राज्यमा भएको पुन: मतगणनामा पनि विजयी भएका छन्। योसँगै राष्ट्रपति डोनल्ड ट्रम्पको कानुनी चुनौती तीन राज्यमा समाप्त भएको छ।

जोर्जिआमा बाइडनले ट्रम्पलाई १२,२८४ मतले हराएका हुन्। बाइडनले ट्रम्पले नजित्ने कुरामा आफू ढुक्क भएको र राष्ट्रपतिले ‘अतुलनीय गैरजिम्मेवारीपन’ देखाएको बताए। नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा बाइडनले ५९ लाखभन्दा बढी मत प्राप्त गरेका छन् र उनले ३०६ देखि ३२२ इलेक्टलर कलेज मत जित्ने अनुमान गरिएको छ।

जोर्जिआमा के भयो ?

बिहीवार जोर्जिआका मन्त्री ब्राड राफेनस्पेर्गरले हातैले गरिएको पुन: मतगणनाले नतिजा परिवर्तन नगरेको बताए। “जोर्जिआमा भएको पहिलो ऐतिहासिक राज्यभर गरिएको पुन: मतगणनाले यहाँको नयाँ सुरक्षित मतदान प्रणालीमार्फत आएका मतको सहि गणना भएको प्रमाणित भएको छ,” उनले बताए।

पुन: मतगणनामा कुनै पनि काउन्टीमा मतगणनामा गल्ती ०.७३ प्रतिशतभन्दा बढी नरहेको र बाइडनले कुल मतमा ट्रम्पलाई ०.५ प्रतिशतभन्दा कम मतले हराएको नतिजाको पुनर्पुष्टि भएको छ।

यो नतिजा शुक्रवार प्रमाणित गरिने बताइएको छ। जोर्जिआमा रिपब्लिकनका तर्फबाट मतदान प्रणालीमा प्रतिनिधित्व गरेकी ग्राबियल स्टेरलिङले सीएनएनसँग कुरा गर्दै जोर्जिआमा मतदान मेशिनले कुनै गडबड नगरेको प्रमाणित भएको बताइन्।

उनले ६,००० गणना नभएको मत पाइएको जुन गणना गर्दा मतान्तर कम भएको बताउँदै ती मानवीय त्रुटिका कारण नगनिएका बताइन्। फ्लोयड काउन्टीले निर्वाचन प्रबन्धकलाई ती मतगणना नभएका विषयका कारण बर्खास्त गरेको छ।

ट्रम्पको कानुनी चुनौतीको अवस्था

बिहीवारसम्म ट्रम्पको कानुनी चुनौती जोर्जिआ, एरिजोना र पेन्सिल्भेनियामा समाप्त भएको छ। जोर्जिआमा बाँकी रहेको अन्तिम कानुनी चुनौती बिहीवार अदालतले अस्वीकार गरिदिएको छ। सो चुनौतीमा नतिजा प्रमाणीकरणलाई रोक्ने प्रयास गरिएको थियो।

मुद्दा खारेज गर्ने न्यायाधीश गत वर्ष ट्रम्पले नियुक्त गरेका हुन्। एरिजोनामा एक न्यायाधीशले त्यहाँको सबैभन्दा ठूलो काउन्टी मारीकोपामा पुन: मतगणना हुनुपर्ने माग खारेज गरिदिएका छन्। पेन्सिल्भेनियामा भने २,००० भन्दा बढी हुलाकबाट पठाइएका मत गणना नगराउन गरिएको प्रयास खारेज भएको छ। समाचार : बीबीसी नेपाली सेवा 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...