HomeFeatureभारतीय पेन्सनधारीहरुका लागि 5 दिन खुल्दै बैतडीको झुलाघाट नाका,अन्यले पनि ओहोर-दोहोर गर्न...

भारतीय पेन्सनधारीहरुका लागि 5 दिन खुल्दै बैतडीको झुलाघाट नाका,अन्यले पनि ओहोर-दोहोर गर्न पाउने

बैतडी,21 नोवेम्बर 2020

कोभिड महामारीका कारण बन्द रहेको भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका सोमबारदेखि पाँच दिनका लागि खोलिने भएको छ। विशेषरुपमा भारतीय सेनाका पेन्सनधारीहरुलाई पेन्सन लिनका लागि नाका खोल्न लागिएको भएपनि यस दौरान पेन्सनधारी नागरिकका साथै अत्यावश्यक र आकस्मिक काम परेकाहरूले समेत आवतजावत गर्न पाउने प्रशासनले जनाएको छ। सोमबार विहान 8 बजेबाट नाका खुल्नेछ । भारतीय सेनाका पेन्सनधारी नेपाली नागरिकहरुको सहजताका लागि 23 नोभेम्बरदेखि 27 नोभेम्बर अर्थात मंसिर 8 गते देखि मंसिर 12 गते सम्मका लागि नाका खुला गरिने भएको हो। सीमा बन्द भएका कारण भारतीय सेनाका पेन्सनधारी नेपाली नागरिकहरुले पेन्सन बुझ्न नपाएपछि नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खोल्ने तयारी भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभएको छ । नाकामा पेन्सनधारी र अन्यहरूले आवतजावत गर्दा स्वास्थ्य सुरक्षा सतर्कताका सबै मापदण्ड परिपालना गर्नुपर्नेछ। जानकारीका अनुसार झूलाघाट स्टेट बैंकबाट नेपालका तीन जिल्लाका 8 सयभन्दा धेरै पेन्शनधारीले पेन्शन लिन्छन। पछिल्लो जुलाई महिनामा नेपाली पेन्शनधारीहरुलाई 7 देखि 9 जुलाईसम्म तीन दिन नाका खुला गरिएको थियो। भारतीय मिडीयाका अनुसार जुलाई महानामा नाका खुल्दा सशस्त्र प्रहरीले नेपाली पेन्शनधारीहरुलाई भारतीय बाजारबाट सामान किनमेल नगर्न भनेको भारतीय व्यापारीहरुले आरोप लगाएका थिए । तर अब भने नेपाली पेन्शनकर्ताहरुलाई भारतीय बजारबाट आफ्नो घरेलु सामान खरिद गर्न कुनै रोक नलगाइएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीलाई उदृत गर्दै भारतीय मिडीयाले भनेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...