बैतडी, 24 नोभेम्बर 2020
बैतडीको झुलाघाटबाट गोठलापानीतर्फ जाँदै गरेको एक जीप दुर्घटना हुँदा 5 जनाको मृत्यु भएको छ । मंगलबार दिँउसो ना १ ज २१९६ नम्बरको जीप दुर्घटना हुँदा अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बैतडीको सुर्नया गाउँपालिका ४ का ७५ वर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका ४ का ७५ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ का ७० वर्षीया पार्वतीदेवी चन्द, सोही ठाउँका ७२ वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ वर्षीय कृष्णलाल लावडको मृत्यु भएको छ । भने घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । जीप चालक गोपाल कार्की भने फरार छन् ।









































