HomeFeatureओली अनुपस्थित भएपछि नेकपा सचिवालय बैठक बस्न सकेन, अर्को बैठक मंसिर २०मा

ओली अनुपस्थित भएपछि नेकपा सचिवालय बैठक बस्न सकेन, अर्को बैठक मंसिर २०मा

काठमाण्डौ, 2 दिसम्बर 2020

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठक प्रभावित भएको छ। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि मंसिर २० गतेका लागि बैठक सारिएको बताउनुभयो। सचिवालय बैठकले पार्टीमा देखा परेको संकट र विद्यमान समस्या समाधानका लागि अध्यक्ष ओलीको समेत उपस्थितिमा बैठक बस्नु उचित हुने भन्ने निष्कर्षका साथ आगामी बैठकमा उपस्थिति हुन अनुरोध गर्ने निर्णय सहित मंसिर २० गतेका लागि बैठक बोलाईको प्रवक्ता श्रेष्ठले बताउनुभयो। मंसिर १८ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक पनि मंसिर २१ गतेका लागि सारिएको बताउनुभो।

उहाँले भन्नुभयो आज बसेको पार्टीको सचिवालयको बैठकमा अध्यक्ष केपी शर्मा ओली उपस्थित हुनुभएन। त्यस कारणले आजको बैठकले पार्टीमा देखा परेको संकट र विद्यमान समस्याहरुको समाधानको लागि प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीको समेत उपस्थितिमा छलफल गर्नु आवश्यक उपयुक्त र उचित हुन्छ भन्ने निष्कर्षका साथ अध्यक्ष ओलीको आगामी बैठकमा अनिवार्य उपस्थितिको अपेक्ष सहित उहाँलाई बैठकमा आउन अनुरोध गर्ने निष्कर्षका साथ अव सचिवालयको बैठक आगामी २० गते १ बजे र पूर्व निर्धारित १८ गते देखि शुरु हुने स्थायी कमिटीको बैठक २१ गते १ बजे देखि प्रारम्भ हुने निर्णय गरिएको छ ।

पार्टी गम्भीर संवेदनशिल मोडमा रहेकोले आगामी बैठकमा अध्यक्ष ओली सहभागी हुने अपेक्षा र विश्वास आफूहरुले गरेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो हाम्रो पार्टी अहिले गम्भीर र संवेदनशिल मोडमा छ । त्यसैले हामी यो असमान्य परिस्थितिमा संवेदनशिलताका साथ नै प्रक्रिया अगाडि बढाउन छलफलको बहसको प्रक्रिया अगाडि बढाउन र निर्णय लिनु उचित हुन्छ भन्छौं । त्यसकारणले गर्दा अध्यक्ष ओली आउनुभएन भने के गर्ने भन्ने बारेमा हामी सोच्नै चाहदैनौं । हामी अपेक्षा मात्र होइन विश्वस्त छौं की अध्यक्ष केपी शर्मा ओली अर्को बैठकमा उपस्थित भएर पार्टीको अहिलेको संकटको निवारण गर्ने छलफललाई सार्थक निष्कर्षमा पुर्याउन योगदान गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...