तनहुँ, 2 डिसेम्बर 2020
नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल गृहजिल्ला तनहुँमा पक्राउ परेका छन। कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गरेको अभियोगमा उनी पक्राउ परेका हुन। तनहुँको व्यास नगरपालिका–१, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्घाटन गर्न आएका पौडेललाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँमा राखिएको छ ।
तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले भने ‘रामचन्द्र पौडेलले निषेधाज्ञा तोड्नुभयो, त्यही भएर हामीले उहाँलाई लिएर आएका हौं,’ ।
उनलाई निशेधाज्ञा तोडेको भन्दै आक्रमण हुनसक्ने खतरा वढेपछि कार्यक्रममा जान रोक लगाइएको उनको भनाइ छ।









































