HomeFeatureसरकारले निरंकुश प्रवृति देखाएको विरुद्ध काँग्रेसद्वारा मंसिर २९ गते देशभर प्रदर्शन गर्ने...

सरकारले निरंकुश प्रवृति देखाएको विरुद्ध काँग्रेसद्वारा मंसिर २९ गते देशभर प्रदर्शन गर्ने निर्णय

काठमाण्डौ, 5 डिसेम्बर 2020

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मंसिर २९ गते देशभर प्रदर्शन गर्ने भएको छ। सरकारले निरंकुश प्रवृति देखाएको भन्दै काँग्रेसले आगामी २९ गते देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले ७७ वटै जिल्लामा एकैसाथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले सरकारले अधिनायकवादी प्रवृति देखाइराखेको र देशमा दमन र बेथितिको अवस्था रहेको बताउनुभयो । त्यसबाहेक कोभिड-१९ अव्यवस्थापनमा चरम सीमा नाघेको र भ्रस्टाचारलाई संरक्षण गरेकोले त्यसको विरोधमा प्रदर्शन गर्न लागिएको बताउनुभयो ।

यस्तै संसदको तत्काल बैठक बोलाउन समेत माग गरिएको सहमहामन्त्री महतले बताउनुभयो । सरकारले लोकतान्त्रिक संस्थाहरुलाई कमजोर पार्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो । कोभिडको अव्यवस्थापन, भ्रष्टाचार, दमनकारी प्रवृति लगायतका विषमा तत्काल छलफल गर्न आवश्यक रहेकाले पनि संसद बैठक माग गरिएको स्पष्ट पार्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...