HomeFeatureहैदराबादबाट एक 28 वर्षीय नेपाली सम्पर्कविहीन, सुत्केरी पत्नीसहित पुरै परिवार खोजीमा डुल्दै

हैदराबादबाट एक 28 वर्षीय नेपाली सम्पर्कविहीन, सुत्केरी पत्नीसहित पुरै परिवार खोजीमा डुल्दै

हैदराबाद, 11 डिसेम्बर 2020

भारतको हैदराबादमा रोजगारीका क्रममा रहेका एक नेपाली सम्पर्कविहीन भएका छन ।  सुदुरपश्चिम अछाम जिल्ला बान्नीगडी जैगड गाउँपालिका वडा नं-2 का 28 वर्षका राजु आउजी गत 2 हफ्तादेखि बेपत्ता भएका छन । काममा जान भन्दै निस्किएका राजु आउजी सम्पर्कविहीन भएपछि 2 हफ्ताकी सुत्केरी रहेकी उनकी पत्नीसहितको परिवार निकै चिन्तित बनेको छ । इमान्दार र जिम्मेवार भनिएका राजु सम्पर्कविहीन भएपछि घरपरिवार र आफन्तजनहरुले सबै ठाँउमा खोजतलास गरिसकेका छन । अहिलेसम्म कुनै अत्तोपत्तो नलागेपछि समाचारमा प्रसारण गरिदिन भनिएको हो । खोजीमा जुट्नुभएका नेपाली जनसम्पर्क समितिका क्षेत्रीय महासचिव एवं मिडिया प्रभारी देबेन्द्र बहादुर बोगटीका अनुसार हैद्राबादस्थित लङ्गरहाउस पुलिस थानामा उनि हराएको एफआईआर पनि दायर गरिएको छ । तर अहिलेसम्म कुनै खबर पाइएको छैन । हैदराबादका विभिन्न अस्पतालहरुमा पनि खोजी गरिएको छ तर कतै फेला नपरेको बोगटीले बताउनुभयो । उनि महाराष्ट्रतिर गएको हुन सक्ने आशंका भएको बोगटीले बताउनुभयो । तस्वीरमा देखिएका राजु आउजीलाई कतै देख्नुभएको भए भेटाएमा सम्पर्क नम्बरहरु—अर्जुन आउजी- 07093416050—-नर साउँद-09959465066—-राज बहादुर कुँवर-08885419184—–रंग साउँद- 09652683114  र  देबेन्द्र बोगटीलाई-09441300943 मा सम्पर्क गरिदिन आग्रह गर्दछौं ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...