HomeFeatureचुनावमा जनतासमक्ष प्रतिवद्धता जनाएका केही परियोजनाहरु शुरु गर्न नसकेको महानगरपालिकाका मेयर शाक्यद्वारा...

चुनावमा जनतासमक्ष प्रतिवद्धता जनाएका केही परियोजनाहरु शुरु गर्न नसकेको महानगरपालिकाका मेयर शाक्यद्वारा स्वीकार

काठमाण्डौ,11 डिसेम्बर 2020

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनावमा जनतासमक्ष प्रतिवद्धता जनाएका केही परियोजनाहरु शुरु गर्न नसकेको स्वीकार गर्नुभएको छ। मेयर शाक्यले काठमाडौं महानगरपालिकाको आफ्नै भवन, चक्रपथमा मोनोरेल, तीनकुनेमा बनाउने भनिएको बुद्धपार्क, अन्तराष्ट्रिय स्तरको मेगा हल लगायतका परियोजना शुरु गर्न समेत नसकिएको बताउनुभयो । मेयर शाक्यले विभिन्न विवादका कारण परियोजनालाई अगाडि बढाउन नसकिएको बताउनुभएको हो । काठमाडौं महानगरपालिकाको हरि भवन पुननिर्माण गर्ने भनिएकोमा अदालतमा मुद्दा परेपछि निर्माण शुरु गर्न नसकिएको बताउनुभयो । तरपनि अधिकांश वडा कार्यालयको भवन निर्माणमा भने सफल भएको बताउनुभयो । महानगरबासिलाई एउटै भवनबाट सेवा दिने प्रतिवद्धता जनाएको तर अदालतमा मुद्दा परेपछि काम गर्न नसक्दा दुःख लागेको बताउनुभयो ।

उपत्यकाको चक्रपथमा मोनोरेल निर्माण गर्ने प्रतिवद्धता जनाएपनि प्राविधिक कारणले निर्माण कार्य गर्न नसकिएको बताउनुभयो । चक्रपथमा सडक विस्तारको कार्य सम्पन्न नभएकाले महानगरपालिकाले ल्याएको मोनोरेल निर्माण गर्ने कार्यको शुरुवात गर्न नसकिएको बताउनुभयो ।

यस्तै तीनकुनेमा बनाउने भनिएको बुद्ध पार्क मुआब्जा विवादका कारण बनाउन नसकिएको पनि बताउनुभयो । बुद्ध पार्कको डिजाइन तयार भइसकेको अवस्थामा पनि मुआब्जा विवाद भएपछि काम गर्न नसकिएको बताउनुभयो ।

यस्तै काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय स्तरको मेगा हल निर्माण गर्ने योजना पनि महानगरपालिकाको छ । काठमाडौंको भृकुटी मण्डपमा बनाउने भनिएपनि महानगरपालिकाको स्वामित्वमा भृकुटीमण्डप नहुँदा काम गर्न नसकिएको बताउनुभयो । तर सहमतिका लागि सम्बन्धित निकायमा पत्राचार गरिएपनि निर्णय नहुँदा मेगा हल निर्माण गर्न नसकिएको बताउनुभयो ।

महानगरभित्रको पार्किङ व्यवस्थापनका लागि विभिन्न ठाउँमा पार्किङ स्थल निर्माण गर्ने भनिएपनि काम गर्न नसकिएको बताउनुभयो । काम गर्न खोज्दा खोज्दैपनि विरोध गर्ने प्रवृतिले गर्दा आयोजनाहरुलाई अगाडि बढाउन समस्या हुने गरेको बताउनुभयो । कुनैपनि कामको विरोध गर्ने प्रवृतिलाई धर्मको रुपमा लिने र विरोध गरी असफल बनाई आफू सफल हुन खोज्ने मानसिकताले गर्दा पनि समस्या भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...