HomeFeatureचितवनमा अवैध औषधि कारोबार गर्ने ८ जना पक्राउ, झण्डै 32 लाखको औषधि...

चितवनमा अवैध औषधि कारोबार गर्ने ८ जना पक्राउ, झण्डै 32 लाखको औषधि बरामद

चितवन, 16 डिसेम्बर 2020

इजाजत बिना औषधि ल्याई विक्री बितरण गर्न खोज्ने ८ जना व्यक्तिहरु चितवनबाट पक्राउ परेका छन। भारतबाट तस्कर गरी पर्साको ठोरी हुँदै चितवनको माडी तर्फ ल्याउने क्रममा इलाका प्रहरी कार्यलय माडीले बिशेष सुराकीका आधारमा ३१ लाख ५ हजार ६ सय ३३ रुपैयाँ बराबरको औषधि बरामद गरेको हो । इलाका प्रहरी कार्यलय माडीका प्रहरी निरीक्षक झलक शर्माको कमाण्डमा गएको टोलीले ना ४ ख ४४२५ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा अबैध औषधि सहित ८ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले बोरामा लुकाएर ल्याइएको एन्टीअक्सीडेण्ट, सिलाजित, नेट्रोभित्ता, क्याल्सीयम आदि लेखेको औषधी बरामद गरेको छ। चितवन प्रहरी प्रमुख नातिराज गुरुङले औषधी व्यवस्था विभागसँग राय सल्लाह लिए अनुसार थप अनुसन्धानको कार्य भइरहेको बताउनुभयो। प्रारम्भिक अनुसन्धानमा नेटवर्कीङ व्यापारमा संलग्नहरुले विक्री वितरणका लागि ल्याएको पाइएको बताउनुभयो।

प्रहरीले बरामद गरेको औषधि नेपालमा प्रयोगको लागी स्विकृत नभएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका चिकित्सक देबेन्द्र यादवले बताउनुभयो। पक्राउ पर्नेहरुमा कालिका ४ बस्ने राजकुहार महतो, कालिका ३ का हरिशरण चौधरी, माडी नगरपालिका ३ का बालकृष्ण महतो, मिलन महतो, मकवानपुर जिल्ला गढी गाउँपालिका ८ का सुरज गौतम, वडानम्वर ३ बस्ने प्रकाश दाहाल, हेटौँडा उपमहानगरपालिका ५ बस्ने उज्जव पोख्रेल र वडानम्वर २३ बस्ने बिपिन सापकोटा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...