हिमाचल प्रदेश, 18 डिसेम्बर 2020
हिमाचल प्रदेशको कुल्लूमा पुलिसले एक नेपाली युवकलाई 1 किलो 2 सय किलोग्राम लागुऔषध चरेससहित पक्राउ गरेको छ । भारतीय सञ्चार माध्यममा जनाइए अनुसार युवक नेपालका स्थायी बासिन्दा रहेको खुल्न आएको छ । पुलिसले मणिकर्ण घाटीको शांगना पुल नजिक नेपाली यपवकको साथबाट 1 किलो 2 सय ग्राम चरेस बरामद गरेको हो । पुलिसले पक्राउ परेका नेपाली युवकमाथि एनडीपीएस एक्टको धारा अन्तर्गत मुद्धा दर्ता गरेको छ ।
पुलिसका अनुसार मणिकर्ण पुलिस चौकीको टीमले शंगना पुल नजिक नाकाबन्दी गरेको थियो । त्यही क्रममा नेपाली युवकलाई आशंकाको आधारमा चेकजाँच गरिएपछि चरेस बरामद गरिएको हो । नेपाली युवकको पहिचान 27 वर्षीय जगबहादुर डाँगीका रुपमा गरिएको छ । पुलिसले उनको स्थायी घर नेपाल भएको बताए पनि यकीन ठेगाना बताएको छैन । डीएसपी हेडक्वाटर कुल्लू प्रियांक गुप्ताले चरेस तस्करी गरिरहेका नेपाली युवकलाई अदालतमा उपस्थित गराइएको र 3 दिनको पुलिस हिरासतमा पठाइएको बताएका छन । चरेसका बारेमा यपवकसँग थप सोधपुछ भइरहेको पुलिसले जनाएको छ ।









































