काठमाण्डौ, 19 डिसेम्बर 2020
अनामनगर युवा क्लवले काठमाडौँ महानगरपालिका वडा नं. २९ का विभिन्न स्थानमा सरसफाई गरेको छ। युवा क्लवले शनिबार अनामनगर, हनुमानस्थान, बिजुलीबजार लगायतका १८ स्थानमा सरसफाई गरी डस्टविन राखेको छ। क्लवका दर्जन बढी सदस्यहरुको उपस्थितिमा वडा नं. २९ भित्र पर्ने मुख्यचोक तथा सहायक सडकहरुमा सरसफाई गरी डस्टविन राखेको हो । क्लवको सरसफाई अभियानबाट स्थानीयबासिले खुशी व्यक्त गरेका छन। क्लवले समाजमा रहेका विकृति विरुद्ध सरसफाई अभियान सञ्चालन गरी असल नागरिक उत्पादन गर्ने काम गरेको स्थानीयबासि हरिप्रसाद गिरीले बताउनुभयो।
उहाँले भन्नुभयो ‘क्लवले राम्रो काम गरेको छ । सरकारले गर्ने काम भाईबैनीहरुले गरिरहनुभएको छ । यस्तो कामलाई हामीले प्रोत्साहन गर्नुपर्छ । आर्थिक, सामाजिक रुपमा सहयोग गर्नुपर्छ । यसलाई बढाएर लानुपर्छ । राज्यले, स्थानीय सरकार सबैले सहयोग गरेर असल नागरिक उत्पादन गर्ने कुरामा टेवा दिनुपर्छ।’
क्लबले आगामी दिनमा पनि सरसफाई अभियानलाई निरन्तरता दिने बताएको छ ।









































