HomeFeatureप्रधानमन्त्रीद्वारा देशवासीका नाममा सम्बोधन, सरकारलाई घेराबन्दी गरेकाले संसद विघटन गरेको प्रष्टिकरण

प्रधानमन्त्रीद्वारा देशवासीका नाममा सम्बोधन, सरकारलाई घेराबन्दी गरेकाले संसद विघटन गरेको प्रष्टिकरण

काठमाण्डौ, 21 डिसेम्बर 2020

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई चारैतिरबाट घेराबन्दीमा राखेर काम गर्न नदिइएका कारण प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको बताउनुभएको छ । सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनमत अनुसार सरकारलाई काम गर्न नदिएर घेराबन्दी गर्न थालिएपछि बाध्य भएर संसद विघटन गर्नुपरेको बताउनुभयो । २०७४ सालको निर्वाचनबाट प्राप्त जनादेश अनुसार सुरुमा सरकार गठनमै भाँजो हाल्न खोजिएको उल्लेख गर्दै ओलीले सरकार गठन भएपछि पनि काम गर्न नदिइएको बताउनुभयो । योग्यता र क्षमताअनुसार मन्त्रिपरिषद् गठन गर्न नदिइएर आफ्नो र पराई कसलाई राख्ने नराख्ने भन्ने कुरामा नेताहरु अल्झिएको आरोप उहाँले लगाउनुभयो ।

निर्धारित समयभन्दा डेढ वर्ष अगाडी नै प्रतिनिधिसभा विघटन गरी पुनः ताजा जनादेशका लागि जनतासमक्ष जाने अनुमान गर्न नसक्ने अवस्था भएपनि अन्त्यहिन र अर्थहिन विवादमा अल्झाएर संसदलाई अर्थहिन तुल्याएर जननिर्वाति सरकारलाई असहयोग गरेको कारण जनतामाझा जानुको विकल्प नभएको उहाँले बताउनुभयो ।

उहाँले संसद विघटनको घटना अप्रत्यासित र आकश्मिक जस्तो देखिएपनि राष्ट्रिय राजनीति र सत्तारुढ दलकै नेताहरुले जनभावना विपरित लागेका कारण भएको बताउनुभयो ।

पार्टी अन्य नेताहरुलाई लक्षित गर्दै उहाँले सधै पद र प्रतिष्ठाका लागि मात्रै केन्द्रीत भएको बताउनुभयो । नेकपाको काँधमा अभिभारा पुरा गर्ने गरी राज्य सञ्चालन, नीति निर्माण र जनपरिचालनमा केन्द्रीत हुनुपर्नेमा पार्टीलाई असन्तुष्टि र कुष्ठामा बन्धक बनाउने प्रयास भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पार्टीभित्र देखिएको समस्या समाधानका लागि दुई अध्यक्षबीच कार्यविभाजन गरिएपनि सोचे अनुसारको काम नभएको बताउनुभयो । कार्यविभाज अनुसार आफु सरकार सञ्चालनको काममा केन्द्रीत भएपनि अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको कामहरु अघि बढाउन नसकेको उहाँले बताउनुभयो । पार्टीको घोषणापत्रअनुसारको अभिभारा पुरा गर्न मन्त्रिमण्डल विस्तार गर्न खोज्दा पनि आफ्नो र पराईको कित्ताकाट गरी अगाडी बढ्न नदिइएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकार पार्टी संरचनामा नेतृत्व हस्तान्रणको वैधानिक प्रणाली बसाल्ने प्रयास गर्दा पन सफल हुने नसकेको बताउनुभयो । मुलुकको जटिल अवस्थामा नियमित महाधिवेशन हुन नसक्ने हो भने पनि विशेष महाधिवेशन गरेर अध्यक्ष पद हस्तान्तरण गर्न इच्छा गर्दापनि नेताहरुले ४ महिना समेत कुर्न नसकेको उनले बताए । महाधिवेशनका लागि ४ महिना कुर्नुभन्दा आफ्नो राजनीतिक चरित्र हत्या गर्ने गरी अत्यन्त लाञ्छित र अपमानित गर्दै आरोप–पत्र पेश गरेको पनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विगतका सबै तिता पिराकुरालाई विर्षेर एकतावद्ध भइ निर्वाचनमा सहभागी हुन पनि नेताहरुलाई आग्रह गर्नु भएको छ ।

उहाँले बहुमत प्राप्त दलको नेतालाई काम गर्न नदिइएपछि बन्द कोठामा अनुचित र सिद्धान्तहीन सम्झौतामा अल्झिएर जनअपेक्षामा आँच पुऱ्याउनु उपयुक्त नभएका कारण संसद विघटन भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले सबैलाई निर्वाचनको तयारीमा जुट्न पनि आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...