HomeFeatureप्रचण्ड-माधव समूहका सांसदहरुलाई संसद विघटन अस्वीकार, तत्काल संसद बैठक बोलाउन माग

प्रचण्ड-माधव समूहका सांसदहरुलाई संसद विघटन अस्वीकार, तत्काल संसद बैठक बोलाउन माग

काठमाण्डौ, 21 डिसेम्बर 2020

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले तत्काल संसद बैठक बोलाउन माग गरेका छन् । सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको प्रचण्ड-माधव पक्षका सांसदहरुको भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको संसद विघटन अस्वीकार गर्ने र तत्काल संसद बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो । बैठकले संविधान बमोजिम संसद बैठक बोलाउने समय भईसकेकोले संसद अधिवेशन बोलाउन माग गरेको नेकपाका प्रमुख सचेतक देव गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘नेपालको संविधानमा भएको प्रतिनिधि सभा विघटन गर्न नसकिने स्पष्ट व्यवस्थाको विपरित प्रधानमन्त्रीले जनमतको अपमान हुने तथा देशलाई अनिश्चयको भुमरीतर्फ धकेल्ने गरी गरेको  प्रतिनिधि सभाको विघटनले सिफारिसलाई संविधानको संरक्षण गर्नुपर्ने संवैधानिक कर्तव्य भएका राष्ट्रपति समेत त्यसतर्फ कुनै संवेदनशील नरहेको प्रति यो संसदीय दल विरोध गर्दछ र उहाँको कार्यलाई अस्वीकार गर्दछ । संविधान बमोजिम संसदको अधिवेशन बोलाउनुपर्ने समय भइसकेकोले संसदको अधिवेशन अविलम्ब आव्हान गर्न यो बैठक माग गर्दछ ।’

बैठकले संविधान अनुसार प्रतिनिधि सभालाई विघटन गर्ने अधिकार प्रधानमन्त्रीसँग नभएको ठहर गर्दै विघटन गर्ने कदम र राष्ट्रपतिको स्वीकृतिलाई अस्वीकार गर्दै संसदको नियमित कार्य अघि बढाउन माग गरेको हो । अहिलेको परिस्थितिमा एकताबद्ध हुन सबैमा आब्हान गरेको प्रमुख सचेतक गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘नेपालको संविधान र लोकतन्त्र माथि नै प्रहार भएको र देशको राजनीतिक भविष्य अनिश्चयतर्फ धेलिएको यस घडीमा राष्ट्रिय हित, संविधान र लोकतन्त्रका पक्षधर सबै माननीय सदस्यहरु, राजनीतिक दल, पत्रकार नागरिक समाज र आम जनसमुदायलाई एकताबद्ध भई प्रतिनिधि सभाको कथित विघटनको विरुद्धमा तथा लोकतन्त्रको पक्षमा अघि बढ्न यो बैठक हार्दिक आव्हान गर्दछ ।’

प्रमुख सचेतक गुरुङले संसद विघटनको कदम विरुद्ध पार्टीले कानूनी र राजनीतिक प्रक्रिया अघि बढाउने बताउनुभएको छ । सांसदहरुको अर्को भेला बुधबार बोलाईने पनि नेता गुरुङले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...