HomeFeatureप्रतिनिधि सभा विघटन नभएको प्रचण्ड-माधव समूहका सांसदहरुको निष्कर्ष

प्रतिनिधि सभा विघटन नभएको प्रचण्ड-माधव समूहका सांसदहरुको निष्कर्ष

काठमाण्डौ, 21 डिसेम्बर 2020

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले प्रतिनिधि सभा विघटन नभएको प्रतिक्रिया दिएका छन। सोमबार संसद भवन नयाँ बानेश्वरमा उपस्थित भएका सांसदहरुले संसद विघटन नै नभएको प्रतिक्रिया दिएका हुन् । नेकपाका बरिष्ठ नेता तथा सांसद झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले नै नदिएको अधिकार दुरुपयोग गरेको भन्दै संसद बैठकका लागि संवैधानिक अभियान चलाउने बताउनुभयो । उहाँले भन्नुभयो ‘वर्तमान संविधान बमोजिम प्रधानमन्त्रीले संसद विघटन गर्न मिल्दैन । यो संविधान विरोधी कुरा हो । त्यसको विरोध गरेका छौँ । अब हामी संवैधानिक तथा राजनीतिक अभियान चलाउँछौँ । संविधानको विरुद्ध कु गरिएको छ । हामी सर्वोच्च नी जान्छौँ । संसदको बैठक आयोजना गर्ने हाम्रो ध्येय छ ।’

यस्तै नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीले आफु अल्पमतमा परेपछि अलोकतान्त्रिक र संविधान बिरोधी निर्णय गर्नुभएको बताउनुभयो । उहाँले संसद विघटन भएको नठानिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘प्रतिनिधि सभा बिघटन गर्ने निर्णय असंंवैधानिक हो । संविधानमा कुनै प्रावधान छैन । त्यो अधिकार प्रधानमन्त्रीको हातमा छैन । उहाँ अल्पमतमा परेको अवस्थामा यो निर्णय अलोकतान्त्रिक, निरंकुश तरिका अबलम्बन गरिएकोले घोर बिरोध एवं भत्र्सना गर्दछौँ । संसद विघटित भएको ठान्दैनौँ ।’

सांसद पम्फा भुसालले नेकपा संसदीय दलका बहुमत सदस्य संसद विघटनको विपक्षमा रहेको बताउनुभयो । संविधानको व्याख्याता सर्वोच्च अदालतबाट न्यायिक निरुपण हुने भुसालको विश्वास छ । उहाँले भन्नुभयो ‘संविधानको व्याख्याता सर्वोच्च अदालत हो । संविधानको कुनैपनि धारामा विघटन बारे छैन । सर्वोच्च अदालतमार्फत न्यायिक बाटो अबलम्बन गर्छौ । न्यायपालिका तर्फ हामीलाई विश्वास छ ।’

सांसद शशी श्रेष्ठले प्रतिनिधि सभा विघटन नभएको बताउनुभयो । उहाँले भन्नुभयो ‘संविधान माथिको कु हो यो । प्रतिनिधि सभा विघटन भएको छैन ।’

नेकपाका प्रचण्ड–माधव नेपाल समुहका सांसदहरुको सोमबार भएको भेलाले प्रतिनिधि सभा बैठक बोलाउन माग समेत गरेको छ । बैठक नबोलाईए कानूनी प्रक्रिया अघि बढाईने पनि सांसदहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...