HomeFeatureपैसा कमाउन भारत पुगेका डोटीका एक युवक 4 वर्षदेखि घर पुगेनन, छोराछोरीसहित...

पैसा कमाउन भारत पुगेका डोटीका एक युवक 4 वर्षदेखि घर पुगेनन, छोराछोरीसहित पत्नीको विचल्ली

नयाँ दिल्ली, 22 डिसेम्बर 2020

रोजगारीका लागि भारत आएका सुदुरपश्चिमको डोटीका एक युवक 4 वर्षदेखि सम्पर्कविहीन छन। पैसा कमाउन भारत आएका गोविन्द भण्डारी आफै पनि नआएपछि पत्नी र छोराछोरीसहित पुरै परिवारको बेहाल भएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ घोल्ताडाका 33 वर्षीय गोविन्द भण्डारी रोजगारीका लागि भन्दै 4 वर्षअघि गुजरात राज्यको भुज भन्ने स्थानमा गाँउले दाजु-भाईका साथमा आएका थिए । करिब एक महिनासम्म सँगै रहेका उनि त्यसपछि कसैलाई केही नभनि कोठाबाट निस्किएका थिए । लामो समयसम्म उनको खोजी गरिए पनि कतै नभेटिएपछि उनि अर्कै राज्यमा गएको परिवारले आशंका गरेको छ । उनि हराएपछि परिवार विचल्लीमा परेको छ ।

कोभिड-19 महामारीका कारण भारत गएका अधिकांश नेपालीहरु फर्किए पनि सम्पर्कविहीन भएका गोविन्द भण्डारी घर नफर्किए पछि परिवारले चेन्नईस्थित नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय सदस्य शिव बहादुर बलायर मार्फत खोजीका लागि अनुरोध गरेको छ । उनि सम्पर्कविहीन भएर भारतका कुनै पनि राज्यमा पुगेको हुन सक्ने भएकाले तस्वीरमा देखिएका 33 का गहुँगोरो वर्ण अन्दाजी ५ फिट ५ इन्च उचाई भएका गोबिन्द भन्डारीलाई कतै देख्नु भएमा मोबाईल नम्बर 81-22-96-96-48 मा खबर गरिदिन नेजस भारतका केन्द्रीय सदस्य शिव बहादुर बलायरले आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...