HomeFeatureप्रचण्ड-माधव समूहद्वारा ओलीलाई हटाउँदै नेकपाको अध्यक्षमा माधव नेपाल चयन, संसद विघटनविरुद्ध संघर्षको...

प्रचण्ड-माधव समूहद्वारा ओलीलाई हटाउँदै नेकपाको अध्यक्षमा माधव नेपाल चयन, संसद विघटनविरुद्ध संघर्षको घोषणा

काठमाण्डौ, 22 डिसेम्बर 2020

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टीको अध्यक्षमा वरिष्ठ नेता नेपाललाई चयन गरेको छ । काठमाडौंको बबरमहलमा मंगलबार बसेको प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक राजनीतिक परिर्वतन, संविधान, लोकतन्त्र, पार्टी एकताको विरुद्धमा कार्य गरेकाले पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेको ठहर गर्दै पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारवाही गरि पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गर्दै सो स्थानमा माधवकुमार नेपाललाई सर्वसम्मति चयन गरेको हो ।
बैठकले पुस ५ गते भएको संसद विघटन गर्ने सरकारको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, प्रतिगामी र स्वच्छेचारी ठहर्दै भत्र्सना गरेको छ । साथै बैठकले अबिलम्ब संसदको कार्य सञ्चालन गर्न तथा सो निर्णयको विरुद्धमा संघर्ष गर्ने घोषणा पनि गरेको छ ।
बैठकले स्थायी समितिमा रिक्त रहेको स्थानमा कृष्ण बहादुर महरालाई नियुक्त गर्ने स्थायी समितिको बैठकको निर्णयलाई सर्वसम्मति अनुमोदन पनि गरेको छ ।
बैठकमा पार्टीको आन्तरिक समस्या र समाधानका बारेमा स्थायी कमिटीका बैठकमा अध्यक्ष पुष्पकमल दाहालबाट प्रस्तुत प्रस्तावहरु अध्ययनका लागि केन्द्रीय सदस्यहरुलाई वितरण गरिएको छ । त्यसैगरी बैठकमा अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालले पार्टीको आन्तरिक जीवन र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।
अध्यक्ष दाहालले पार्टी भनेको विचार र विधि भएको स्पष्ट पार्दै पार्टी एकताको मर्म अनुसार आधिकारीक प्रतिनिधित्व रहेकाले वास्तविक प्रतिनिधित्व तर्फ एकिकृत हुन आव्हान गर्नुभयो । उहाँले मंगलबार नै बालुवाटारमा भएको भनिएको कथित भेला पार्टीलाई चोइट्याउन खोज्ने गतिविधि मात्रै भएको भन्दै एकताको पक्षमा निरन्तर लाग्ने प्रतिवद्धता जनाउनुभयो । अध्यक्ष दाहालले वर्तमान परिस्थितिका बारेमा पुरा गर्नुपर्ने कार्यबारे पनि सदस्यहरुलाई दिशानिर्देश गर्नुभएको पार्टी प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
त्यस्तै नेकपाका बरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता र कम्युनिष्ट आन्दोलन बारे स्पष्ट पार्दै भ्रममा परेका सबैलाई एकीकृत पार्टीको पक्षमा उभिन आव्हान गर्नुभयो ।
बालुवाटार बैठकले प्रवक्ताबाट हटाएको बारे संञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता नारायणकाजी श्रेष्ठले तथाकथित गुटको भेलाको निर्णयसँग प्रवक्ता पदको सम्बन्ध नभएको प्रतिक्रिया दिनुभयो । उहाँले आफु कुनै ब्यक्तिको, गुटको प्रवक्ता नभई नेकपाको प्रवक्ता भएको र बैठकले अझ उत्साहसाथ अघि बढ्न निर्देश गरेको बताउनुभयो । यस समुहको अर्को केन्द्रीय समिति बैठक विहिबार बिहान साढे ११ बजेका लागि बोलाईएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...