HomeFeatureप्रधानमन्त्रीको पक्ष र विपक्षमा नेकपा नेताहरु, टोपबहादुर रायमाझीको समर्थन, कृष्णभक्त पोखरेलको विरोध

प्रधानमन्त्रीको पक्ष र विपक्षमा नेकपा नेताहरु, टोपबहादुर रायमाझीको समर्थन, कृष्णभक्त पोखरेलको विरोध

काठमाडौं, 23 डिसेम्बर 2020

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले प्रधानमन्त्रीलाई कुनैपनि काम गर्न नदिएका कारण प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्न नदिने र काम गर्न सकेन भन्ने खालको स्थिति भएपछि संसद विघटन गर्नुको विकल्प नभएको बताउनुभयो । प्रतिपक्षले सरकारलाई काम गर्न दिने तर आफ्नै दल भित्रका सांसदहरुले काम गर्न नदिने स्थिति भएपछि प्रतिनिधि सभा विघटन गरी नयाँ जनादेशमा जानुको विकल्प नभएको नेता रायमाझीले बताउनुभयो । उहाँले संसद पुर्नस्थापना गर्नभन्दा नयाँ जनादेश लिन मध्यावधिक चुनावमा जानुपर्नेमा जोड दिनुभयो । यस्तै पार्टी भित्र पहिलो अध्यक्षको निर्णय नै अन्तिम हुने पनि उहाँले बताउनुभयो । त्यसै अनुसार केन्द्रीय सदस्यहरुको संख्या थप गरिएको पनि स्पष्ट पार्नुभयो ।

नेकपाकै अर्का नेता कृष्णभक्त पोखरेलले भने आफ्नै दलसँग पनि छलफल नगरी विघटन गरिएको र संविधानमा हुँदै नभएको व्यवस्थामा टेकेर विघटन गरिएको भन्दै विरोध गर्नुभयो । कुनैपनि काम गर्न नसक्ने सरकारले आफ्नो पार्टी र संसदलाई छल्दै संसद नै विघटन गर्ने कार्य गैह्र कानूनी भएको बताउनुभयो । संविधानले प्रधानमन्त्री र राष्ट्रपति कसैलाई पनि संसद विघटनको अधिकार नदिएको पनि स्पष्ट पार्नुभयो । तरपनि प्रधानमन्त्री ओलीले विघटन गरेपछि आफूहरु सर्वोच्च अदालतमा गइसकेको र त्यहीबाट न्याय पाउने विश्वास पनि व्यक्त गर्नुभयो । यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भएका केन्द्रीय सदस्यहरुको बहुमत सदस्य नभईकन बसेको बठकले गरेका निर्णयहरु कुनैपनि कोणबाट आधिकारिक नहुने पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...