HomeFeatureझलनाथ खनालले किन भने ओलीलाई गोमन साँप, नेकपा नफुटेको दाबी

झलनाथ खनालले किन भने ओलीलाई गोमन साँप, नेकपा नफुटेको दाबी

काठमाण्डौं, 25 डिसेम्बर 2020

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले नेकपा नफुटेको दाबी गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकको निर्णय तथा पार्टीका भावि कार्यक्रमको सम्बन्धमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदै बरिष्ठ नेता खनालले नेकपा अहिलेसम्म नफुटेको दाबी गर्नुभएको हो । उहाँले नेकपालाई फुट्न संविधानले नदिने तर्क गर्नुभयो । पार्टी फुट्न संसदीय दलमा ४० प्रतिशत पुर्याउनुपर्ने र केन्द्रीय कमिटीमा ४० प्रतिशत पुराउनुपर्ने व्यवस्था रहेको भन्दै बहुमत आफुहरुसँग भएकोले पार्टी नफुटेको उहाँको भनाई छ । पार्टीमा कोही चोइटिएपनि वाडा तहसम्म पार्टी संगठित रहेको बरिष्ठ नेता खनालले बताउनुभयो ।

नेकपा दुई पार्टीको एकीकरणबाट बनेको विशिष्ट परिस्थितिमा दुई अध्यक्ष राखिएको भएपनि दुवै अध्यक्ष बराबरी रहेको बरिष्ठ नेता खनालको भनाई छ । नेता खनालले प्रधानमन्त्री ओलीको गोमन साँपको जस्तो प्रवृति रहेको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...