काठमाण्डौ, 26 डिसेम्बर 2020
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ। राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गदैं काठमाडौंमा मोटरसाइकल र्याली निकालेको हो। राप्रपाको यो र्याली बबहरमहलबाट शुरु भएर थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमलहुँदै दरबारमार्ग सम्म पुगेको थियो। र्यालीमा राप्रपाका अध्यक्षहरु कमल थापा, डा. प्रकाशचन्द्र लोहनी लगायतका वरिष्ठ नेताहरु सहभागि भएका छन्। राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै विभिन्न संघर्षका कार्यक्रम घोषणा गरिसकेको छ। पुस १७ गते उपत्यकामा बृहत प्रदर्शन गर्ने तयारी पनि राप्रपाले गरेको छ।









































