HomeFeatureराष्ट्रिय खेल भलिबलका पूर्व मुख्य प्रशिक्षक सुदेश रिमालको निधन, राष्ट्रिय खेलकुद परिषदद्वारा...

राष्ट्रिय खेल भलिबलका पूर्व मुख्य प्रशिक्षक सुदेश रिमालको निधन, राष्ट्रिय खेलकुद परिषदद्वारा श्रद्धाञ्जली कार्यक्रम

काठमाण्डौ, 26 डिसेम्बर 2020

नशा सम्बन्धी रोगका कारण मृत्यु हुनु भएका राष्ट्रिय खेल भलिबलका पूर्व मुख्य प्रशिक्षक सुदेश रिमालको सम्मानमा आज (शनिबार) राष्ट्रिय खेलकुद परिषद्ले श्रद्धाञ्जली कार्यक्रम गरेको छ । राष्ट्रिय खेलाडी देखी मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नुभएका सुदेशको अन्तिम सम्मानमा राखेपले त्रिपुरेश्वरमा श्रद्धाञ्जली सभा गरेको हो । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकलुद परिषद्को हातामा कार्यक्रम आयोजना गरी पूर्व मुख्य प्रशिक्षक सुदेशको श्रद्धाञ्जली सभा गरेको हो । यस्तै राष्ट्रिय खेलकुद परिषद्ले आईतबार राखेपमा विदा दिने निर्णय समेत गरेको छ । ब्रेनह्यामरेज भएपछि बाँसबारी न्यूरो अस्पतालमा उपचाररत ५६ वर्षीय रिमालको शुक्रबार निधन भएको हो । पर्साको वीरगन्जमा जन्मिनु भएका रिमाल पछिल्लो दुई वर्ष राखेपको नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को निर्देशकका रूपमा काम गर्दै आउनुभएको थियो । गत वर्ष मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा भलिबल टोलीको मुख्य प्रशिक्षक समेत रहनुभएका सुदेशको टोली नेपालले कांस्य पदक जितेको थियो । भलिबललाई माया गर्ने खेलाडी मध्येका सुदेशलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल यसरी सम्झिनुभयो ।

दोस्रो पुस्ताको रुपमा चिनिनु भएका रिमाल २०४० सालपछि करिब एक दशक राष्ट्रिय टोलीका सदस्य रहेर सन १९८६ मा दक्षिण कोरियाको सोलमा भएको एसियाली खेलकुदमा नेपाली टिमको प्रतिनिधित्व गर्नुभएको थियो । विभिन्न कोर्स पूरा गर्नुभएका रिमालले राष्ट्रिय टोलीको जिम्मेवारी पनि सम्हाल्नु भएको थियो । २०४२ सालमा वीरगन्जमा भएको तेस्रो राष्ट्रिय खेलकुदमा सुदेश नारायणी अञ्चलको टोलीबाट राष्ट्रिय टोलीमा डेब्युु गर्नुभएको थियो । ओपन स्पाइकरको पोजिसनबाट खेल्दै आउनुभएका सुदेश सन् २०१६ मा भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला टोलीले कांस्य पदक जित्दा प्रमुख प्रशिक्षक रहेनु भएको थियो । मध्यम प्रदर्शन गर्ने सुदेशको अन्तिम श्रृद्धाञ्जलीमा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष सहित विभिन्न पदाधिकारी, नेपाल भलिबल संघका पदाधिकारी देखी भलिबल खेलाडी उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...