नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले अदालतले प्रतिनिधि सभा विघटनको पक्षमा फैसला गरे प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि बेला अदालत विघटन गर्न सक्ने धृष्टता गर्न सक्ने बताउनुभएको छ । नेकपा निकट जनसंस्कृतिक महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले प्रधानमन्त्री ओलीले कुनैपनि बेला अदालत विघटनको प्रस्ताव राष्ट्रपति समक्ष लैजान सक्ने बताउनुभएको हो । संविधान विपरित काम गर्नेको पक्षमा अदालतले फैसला दिने हो भने प्रधानमन्त्री ओलीलाई अदालत समेत विघटन गर्न सक्ने अधिकार छ भनेर भन्नुपर्ने बताउनुभयो । यस्तै नेता पाण्डेले प्रधानमन्त्री ओलीको पार्टीको केन्द्रीय सदस्य बढाउने कदमलाई माछा बजारको संज्ञा दिनुभएको छ । पार्टीमा रहेका केही नेताको समूहले केन्द्रीय कमिटीको संख्या बढाउन सक्ने अधिकार राख्न नसक्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले गठन गरेको केन्द्रीय कमिटीलाई माछा बजार भन्नु भएको हो ।
प्रधानमन्त्री ओलीले अदालत पनि विघटन गर्न सक्छनः नेकपा नेता सुरेन्द्र पाण्डे
सम्बधित | RELATED
ताजा समाचार | LATEST NEWS
रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका
काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका
काठमाडौं,15 नोभेम्बर 2023
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...









































