HomeFeatureभक्तपुरमा पुरातात्विक सम्पदाहरुलाई पर्यटकीय गन्तव्य बनाउन सम्पदा पदयात्रा

भक्तपुरमा पुरातात्विक सम्पदाहरुलाई पर्यटकीय गन्तव्य बनाउन सम्पदा पदयात्रा

भक्तपुर, 1 जनवरी 2021
मध्यपुर थिमि नगरपालिकाले ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदाहरुलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नको लागि सम्पदा पदयात्रा गरेको छ । मध्यपुर थिमि नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्र भित्रका ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वका सम्पदाहरुलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास तथा प्रचार प्रसार गर्न शुक्रबार सम्पदा पदयात्रा गरेको हो । पदयात्रा मध्यपुर थिमिको सम्पदाचोकदेखि शुरु भई बोडेमा पुगेर समापन भएको छ । सम्पदा पदयात्रामा नयाँ निर्माण भएका तथा पुनः निर्माण भएका सम्पदाहरुलाई अवलोकन गरिएको थियो । मध्यपुर थिमिभित्रका पाटी, पौवा, पोखरी, मन्दिर पार्क तथा ढुंगेधाराको अवलोकन गर्दै थिमिलाई पर्यटकीय गन्तव्यको रुपमा विकास भयो भन्ने सन्देश प्रवाह गर्न सम्पदा पदयात्रा गरिएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।

पदयात्रामा स्थानीय जनप्रतिनिधी तथा सर्वसाधारण, पर्यटन बोर्ड, पर्यटक पथप्रदर्शक तथा ट्राभल एजेन्सीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सम्पदा पदयात्राले देशको प्रमुख पर्यटकीय गन्तव्य मध्येको मध्यपुर थिमि खुल्ला रहेको सन्देश दिएको पनि नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...