HomeFeatureकोलकोताको गंगासागर मेलाका लागि नेपाली शिविर स्थापना, नेपाली महावाणिज्यदूतद्वारा उद्घाटन

कोलकोताको गंगासागर मेलाका लागि नेपाली शिविर स्थापना, नेपाली महावाणिज्यदूतद्वारा उद्घाटन

कोलकाता, 12 जनवरी 2021

संयुक्त नेपाली केन्द्रीय सेवा संघको आयोजनामा शुरु भएको नेपाली शिविरले पश्चिम बंगालको कोलकातामा लाग्ने गंगासागर तिर्थ मेलामा आउने नेपालीलगायतका तीर्थयात्रीहरुको सेवा शुरु गरेको छ । नेपाल, भुटान म्यान्मार, सिक्किम, दार्जिलिङ, असम,हिमाचल प्रदेश लगायतका स्थानबाट आउने कतिपय नेपाली तीर्थयात्रीहरुले आफ्नो भाषा बाहेक अरु भाषा नबुझ्ने भएकाले उनिहरुलाई कतिपयले ठग्ने, चोर्ने र बिचल्ली पार्ने गरेकोले संयुक्त नेपाली केन्द्रीय सेवा संघले 1991 सालबाट लगातार मानव सेवाका लागि आउट्रमघाट (बाबुघाट) 2 न. गेट 11 न. मा २४ घण्टा गंगासागर तिर्थयात्री मिलन मेला, शिविर चलाउने गरेको छ । यस वर्षपनि मेला भर्न आउने तीर्थयात्रुहरुको सेवा गर्ने काम शुरु भएको छ ।

गत आईतबार प्रमुख अतिथि नेपाली महावाणिज्यदूत इश्वरराज पौडेलद्वारा उद्घाटन भएको यस शिविरमा नि:शुल्क स्वास्थ्य परिक्षण, औषधि, माक्स, सेनिटाइजर वितरण र  स्वयंसेवक र एम्बुलेन्स पनि परिचालन गरिएको छ । उद्घाटन समारोहमा वाणिज्यदुत विश्वनाथ पनेरु, कर्नल महेश्वर सिंह, कोलकाता महानगरपालिकाका बोरो चेयरमैन राम प्यारे राम, र संघका संस्थापक गणेश कुमार प्रधान, नारायण प्रसाद हुमागाई, अन्तर्राष्ट्रीय हिन्दी परिषद् सचिव महेश सिंह लगायतको विशेष उपस्थिति रहेको थियो ।

त्यसैगरि संघका सभापति गुन्ज श्रेष्ठ, आयोजक अध्यक्ष खिमराज बराल,  उप-सभापति पुर्णबहादुर बिष्ट, महासचिव राम प्रसाद उपाध्याय, प्रमुख सल्लाहकार नरबिक्रम थापा, बद्रीबिक्रम थापा, धनबहादुर भुसाल, सूरज बहादुर छेत्री, हितबहादुर खड्का, बाबुराम शर्मा, चन्द्र बहादुर श्रेष्ठ, परशुराम सिक्देल, बिष्णु बस्याल, बिष्णु छेत्री, महिला सदस्यहरू रमा शर्मा पौडेल, रमिता कार्की सिंह, रिता शर्मा, गिता शर्मा, गंगा बुद्ध, सान्ता श्रेष्ठ, प्रमिला श्रेष्ठ, गिता श्रेष्ठ, गिता कोइराला, रुकमणी श्रेष्ठ, जुनेली छेत्री, संगीता खड्का, डा. मिथ्लेस बर्मन, नर्स मिठु सिंह, गायत्री,  र गिता लगायतको सहयोगले तीर्थयात्रामा आउने श्रद्धालुहरुलाई स्वास्थ्य सेवा सहित अन्य सेवाहरु गरिरहेका छन ।

गंगा नदी सागरमा मिलेको स्थान पश्चिम बंगालको सागरद्वीपमा गंगा सागर मेला हरेक वर्ष लाग्ने गर्दछ । यस मेलालाई कुम्भपछिको दोस्रो ठूलो मेला भनिन्छ । यहाँ ठूलो संख्यामा भक्तालुहरु आएर स्नान गर्ने गर्दछन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...