HomeFeatureप्रधानमन्त्री ओलीको पक्षमा उभिन सम्पुर्ण खेलाडीहरुलाई गृहमन्त्री रामबहादुर थापाको आव्हान

प्रधानमन्त्री ओलीको पक्षमा उभिन सम्पुर्ण खेलाडीहरुलाई गृहमन्त्री रामबहादुर थापाको आव्हान

ललितपुर, 12 जनवरी 2021

गृहमन्त्री रामबहादुर थापाले राजनीतिक स्थायित्व र विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिन सम्पुर्ण खेलाडीहरुलाई आव्हन गर्नुभएको छ । ललितपुरमा मंगलबार आयोजित अखिल नेपाल खेलकुद महासंघको राष्ट्रियभेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री थापाले देशलाई विकासको दिशामा अघि बढाई राजनीतिक स्थायित्व कायम गराउनका लागि प्रधानमन्त्री ओलीको पक्षमा उभित्र खेलाडीहरुलाई आव्हान गर्नुभएको हो । उहाँले प्रचण्ड–नेपाल समुहलाई “गुट”को संज्ञा दिदै पार्टी फुटाउने र गुटबन्दी गर्नेको नभई पार्टीको पक्षमा उभिन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो “हामी पार्टीको पक्षमा उभिने कि गुटको पक्षमा उभिने ? नेकपा फुट्नु र फुटाउनु ठिक थियो त ? नेकपा फुटाएर देशको विकास संभव छ ? नेकपा संसदीय दललाई विभाजन गरेर र नेकपाको नेतृत्वलाई अपदस्त गरेर सरकारको प्रधानमन्त्रीलाई हटाएर के देशमा राजनीतिक स्थायित्व कायम हुन्छ ? र देश विकासको दिशामा अघि बढ्न सक्छ ? यो प्रश्न हाम्रो अगाडि उभिएको छ । स्थिरताको पक्षमा उभिने कि अस्थिरताको पक्षमा उभिने ? ”

उहाँले जनसंगठनहरु पनि विभाजित भएको अवस्थामा प्रचण्ड–नेपालले नेतृत्व गरेको गुटमा नभई ओली बादलले नेतृत्व गरेको पार्टीको पक्षमा उभिन आव्हान गर्नुभयो ।

मुलुकमा अस्थिरता चाहनेहरु र एकाता र स्थिरता चाहनेहरु विभाजित भएको  र यस्तो अवस्थामा देशप्रेमी खेलाडीहरु स्थिरता र एकताको पक्षमा उभिनुपर्नेमा जोड दिनुभयो । साथै भेलामा भएको उपस्थितिले पनि स्थिरताको पक्षधर धेरै भएको पुष्टि गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...