HomeFeatureभारतमा कोरोना खोप लगाउने अन्तिम तयारी, आज कयौं शहरहरुमा पठाइए खोपहरु

भारतमा कोरोना खोप लगाउने अन्तिम तयारी, आज कयौं शहरहरुमा पठाइए खोपहरु

नयाँ दिल्ली, 12 जनवरी 2021

भारतका विभिन्न शहरहरुमा आगामी 16 जनवरीदेखि कोभिड-19 खोप अभियान शुरु हुँदैछ । सबै स्थानमा सुचारु ढंगले खोप अभियान चलाउन भन्दै आजदेखि कयौं राज्य र केन्द्र शासित प्रदेशहरुमा कडा सुरक्षाका बिच पुणेस्थित सिरम इन्स्टीच्यूट अफ इण्डियाले विकसित गरेको कोभेक्सीन खोप पुऱ्याउन शुरु गरिएको छ । सरकारले कोभिड-19 को पहिलो खेप पुणेबाट दिल्ली, चेन्नई, कोलकाता, गुवाहाटी, शिलोङ, अहमदाबाद, हैदराबाद, विजयवाड़ा, भुवनेश्वर, पटना, बेंगलुरू, लखनऊ र चंडीगढ़ लगायतका स्थान पठाइएको छ । आज एयरइंडिया, स्पाइसजेट, गो-एयर र इंडिगो लगायतका 9 उडानबाट साढ़े छप्पन लाख खुराक पठाइएको नागरिक उड्डनमन्त्री हरदीप सिंप पुरीले बताउनुभयो । जानकारीका अनुसार भारत सरकारले सिरम इन्स्टीच्यूटबाट खोपको 1 करोड 1 लाख खुराक अर्डर गरेको छ । यी खोपहरुलाई देशका विभिन्न 60 स्थानमा पुऱ्याइएपछि लगाउन शुरु हुनेछ । पहिलो चरणमा 3 करोड डाक्टर, स्वास्थ्यकर्मी र सफाईकर्मी लगायत अग्रपंक्तीमा काम गर्ने व्यक्तिहरुलाई खोप दिइनेछ भने यसको सम्पूर्ण खर्च केन्द्र सरकारले बेहोर्ने प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनु भएको छ । त्यसपछि दोस्रो चरणमा 50 वर्षमाथिका र कुनै पनि रोगले ग्रस्त नागरिकलाई र त्यसपछि आवश्यक भएकाहरुलाई खोप लगाइनेछ । यो खोप 28 दिनको अन्तरालमा 2 चरणमा मानिसहरुले लगाउने पर्नेछ भने दोस्रो खोप लगाएको 2 हप्तापछि खोपले शरीरमा प्रतिरक्षात्मक एन्टीबडी बनाउनेछ । भारत सरकारले खोप लगाउनु स्वेच्छिक भएको बताएपनि रोगबाट आफु र आफ्नो परिवारलाई बचाउनुका साथै यसलाई फैलनबाट रोक्न खोप लगाउन सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...