HomeFeatureनेपाल-भारत संयुक्त आयोगको बैठकमा कोभिडका कारण बन्द सीमा खोल्नेबारे छलफल, यस्तो...

नेपाल-भारत संयुक्त आयोगको बैठकमा कोभिडका कारण बन्द सीमा खोल्नेबारे छलफल, यस्तो भयो सहमति

नयाँ दिल्ली, 15 जनवरी 2021

नेपाल भारतबिचको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकले दुई देशको सीमाबाट मानिसहरुको आवतजावत र मालसामानको ढुवानीलाई खोल्नुपर्नेमा जोड दिएको छ । हैदरावाद हाउसमा शुक्रबार भएको संयुक्त आयोगको छैठौं बैठकमा भर्खरै खोलिएको बिरगञ्ज र बिराटनगरस्थित एकीकृत चेक पोस्टले 2 देशको सीमाबाट हुने आवाजाहीलाई निर्वाध रुपमा सुचारु गराउन सहयोग गर्नसक्ने भनिएको छ । दुवैपक्ष नेपालगञ्जमा तेस्रो एकीकृत चेक पोस्ट निर्माण गर्न सहमत भएका छन । बैठकपछि भारतको विदेश मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा दुवै देशबीच सहयोग बढाउँदै पारम्पारिक र मैत्री सम्बन्धलाई थप मजबूत गर्ने विषय लगायत विविध पक्षमा छलफल भएको भनिएको छ। बैठकमा व्यापार, ऊर्जा, तेल एवं ग्यास, जलस्रोत, सीमा व्यवस्थापन, साझेदारी, पर्यटन, संस्कृति, शिक्षा, सुरक्षा, राजनीति र क्षमता अभिवृद्धि लगायतमा सहयोगबारे पनि छलफल भएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उहाँका भारतीय समकक्षी एस जयशंकरले सहअध्यक्षता गरेको बैठकमा नेपालले भारतमा उत्पादित खोपहरु चाँडो उपलब्ध गराउन आग्रह गरेको छ । नेपालले कोभिशिल्ड र कोभ्याक्सीन खोप उत्पादन गर्नमा मिलेको सफलताका लागि भारतलाई शुभकामना दिँदै नेपाललाई सम्भव भएसम्म चाँडो खोप दिन आग्रह गरेको हो। बैठकमा कोविड-19 महामारी विरुद्धको लड़ाईमा सहयोग गर्ने बारे पनि छलफल भएको छ।

बैठकमा मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाईपलाईनको उपलब्धिको प्रशंसा गर्दै चितवनसम्म पाईपलाईन बढाउने र पूर्वीक्षेत्र भारतको सिलीगुड़ीदेखि नेपालको झापासम्म नयाँ पाईपलाईन बिछाउनेबारे पनि छलफल भएको छ।

त्यसैगरि भारतको जयनगरदेखि नेपालको जनकपुरहुँदै कुर्थासम्म पहिलो यात्रु रेलवेलाईनको काम पूरा भएकोमा दुवै पक्षले स्वागत गर्दै रेलवे सेवा सञ्चालनको काम टुंगो लाग्दै गरेको बताएका छन। बैठकमा सम्भावित रक्सौल-काठमाण्डौ ब्रोडगेज रेलवेलाईन सहित अन्य सीमा रेलवे कनेक्टिविटी परियोजनाहरुबारे पनि छलफल भएको छ।

भारतले भैरहवामा नयाँ एकीकृत चेकपोस्ट निर्माणको पहल पनि छिट्टै शुरु गर्ने बताएको छ। बैठकमा दुवै देशका नागरिकलाई लाभ पुग्ने प्रस्तावित पञ्चेश्वर बहुआयामी परियोजना लगायत संयुक्त जलविद्युत परियोजनाहरुको काममा तीव्रता ल्याउनेबारे कुराकानी भएको छ। भारतले पशुपतिनाथ विकास र पाटनदरबारको बन्दरखाल बगैंचा पुनर्निर्माणका दुईवटा सांस्कृतिक सम्पदा परियोजनामा अनुदान सहायता सहित निर्माणको जिम्मा लिएको छ।

बैठकमा दुवै देशले अंतर्राष्ट्रीय, क्षेत्रिय र उप क्षेत्रिय आपसी सहयोगका विषयमा विचार आदान प्रदान गरेका छन। त्यसैगरि नेपालले भारत लाई संयुक्त राष्ट्र सुरक्षा परिषदको स्थाई सदस्य बन्न समर्थन दिने विश्वास दिलाएको जनाइएको छ। बैठकमा संयुक्त आयोगको अर्को बैठक दुवै देशको सहमतिमा नेपालमा गर्न दुवै पक्ष सहमत भएका छन।

बैठकमा दुवै देशका परराष्ट्रमन्त्रीसहित नेपालका परराष्ट्रसचिव भरतराज पौड्याल, भारतका परराष्ट्रसचिव हर्षवर्धन श्रृङ्गला र दुवैदेशका उच्चाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...