पोखरा, 15 जनवरी, खुम गुरुङ
नेपाल पत्रकार महासंघ कास्की शाखाको साधारण सभा शुक्रवार सम्पन्न भएको छ । महासंघका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षता र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा 9 जना पत्रकारहरु सम्मानित भएका छन ।
समारोहमा प्रेस स्वतन्त्र सेनानी पुर्ब अध्यक्ष नारायण कार्कीलाई 1 लाख 11 हजार 111 रुपैया नगद र मायाको चिनोले सम्मानित गरिएको छ । यस्तै रामकृष्ण ज्ञावली, भरत कोईराला, गोबिन्द सुबेदी, कमल पौडेल, मोतिसागर आधिकारी, रोशनी गुरूङ, अर्जुन गिरी, भीम थापा तथा सचिवलय सदस्यहरू जगत कार्की र कृष्ण दवाडीलाई पनि सम्मानित गरिएको छ। 
समारोहमा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पत्रकार महासंघलाई सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । समारोहमा पत्रकार महासंघ, कास्कीका अध्यक्षले अक्षयकोषको विवरणका बारेमा बताउँदै अक्षयकोष 1 करोड भन्दा बढी रकमको भएको बताउनुभयो । समारोहमा बोल्दै सम्पूर्ण अक्षयकोष दाताहरूले प्रेसलाई स्वतन्त्र रूप चल्नदिन र चलाउन अग्रह गरेका थिए ।
सचिव राम प्रसाद तिमिल्सिनाले संचालन गरेको कार्यक्रममा अथितीहरु केन्द्रिय उपाध्यक्ष बिपुल पौडेल ,प्रेस काऊन्सिलका सदस्य दुर्गा भण्डारी, गण्डकी प्रदेश सभासद मिना गुरूङ, प्रेस स्वतन्त्र सेनानीका पुर्ब अध्यक्षहरू, पत्रकार महासंघ भारत शाखाका सदस्य खुम गुरूङ, लगयात पत्रकारहरुको उपस्थिति रहेको थियो ।









































