HomeFeatureधनगढी र भैरहवामा थप हवाई रुट प्रदान गर्न भारतलाई नेपालको आग्रह, व्यापार...

धनगढी र भैरहवामा थप हवाई रुट प्रदान गर्न भारतलाई नेपालको आग्रह, व्यापार सन्धी संशोधनको पनि माग

नयाँ दिल्ली, 16 जनवरी 2021

परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीले भारतसँग असमान व्यापार घाटालाई कम गर्न नेपाल भारतबिच भएको व्यापार सन्धीलाई संशोधनका लागि आग्रह गरेको बताउनु भएको छ । शनिवार विहान दिल्लीस्थित नेपाली राजदूतावासमा नेपाल-भारतका पत्रकारहरुसितको अन्तरक्रियामा ज्ञवालीले नेपाल-भारत संयुक्त आयोगको बैठक सकारात्मक रुपमा सम्पन्न भएको जानकारी दिँदै नेपालमा उत्पादित वस्तुलाई भारतमा उपभोग गर्ने स्थान दिए त्यसले नेपालको व्यापार घाटा कम गर्न मदत मिल्ने बताउनुभयो । उहाँले दुई देशबिच कोविड-19 का चुनौति र सीमा विवादले केही मतान्तर रहेपनि दुवै देश त्यसलाई समाधान गर्न र त्यसका कारण बाँकी मुद्दाहरुमा असर पर्न नदिन प्रतिबद्ध रहेको बताउनुभयो।

बैठकमा दुई देशको आपसी हितका सबै क्षेत्रहरुबारे सकारात्मक छलफल भएको उहाँले बताउनु भयो । उहाँले बैठकमा नेपाल-भारतबिचको असमान व्यापारको कुरा उठाएर नेपालको उत्पादनलाई भारतमा स्थान दिन विशेष जोड दिएको बताउनुभयो ।

उहाँले नेपाल प्रवेशका लागि सिमराबाट एउटा मात्र हवाई मार्ग भएकाले एयर ट्राफिक हुने गरेको र त्यसलाई कम गर्न थप हवाईमार्ग उपलब्ध गराउन माग गरिएको बताउनुभयो। उहाँले त्यसका लागि पश्चिमी क्षेत्र महेन्द्रनगर वा धनगढी र अर्को भैरहवा एयरपोर्ट वरपर हवाई प्रवेश मार्ग खोल्न आग्रह गरेको बताउनु भयो। थप हवाई मार्ग खुल्दा नेपालको उड्डयन क्षेत्रमा सहजता हुनुका साथै पर्यटन क्षेत्र प्रवर्धन हुने बताउनुभयो।

त्यसैगरि नेपाल भारतबिच भएको 1950 को सन्धी पुनरावलोकनको मुद्धा पनि उठाएको बताउनुभयो । सन्धि भएको लामोसमयमा दुवै देशमा कयौं परिवर्तनहरु भएको भन्दै उहाँले अहिलेको समय अनुसार सन्धी पुनरावलोकन हुनुपर्ने माग उठाएको बताउनुभयो । उहाँले यस विषयमा दुवै देशका प्रबुद्ध व्यक्तिहरुले तयार पारेको प्रतिवेदन चाँडो बुझ्नु पर्ने बताउनुभयो।

भारतीय समकक्षी एस जयशंकरको सहअध्यक्षतामा भएको बैठकमा दुवै देशबीच सहयोग बढाउँदै पारम्पारिक र मैत्री सम्बन्धलाई थप मजबूत गर्ने विषय लगायत व्यापार, ऊर्जा, तेल एवं ग्यास, जलस्रोत, सीमा व्यवस्थापन, साझेदारी, पर्यटन, संस्कृति, शिक्षा, सुरक्षा, राजनीति र क्षमता अभिवृद्धिमा सहयोगबारे पनि छलफल भएको उहाँको भनाई छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेपछि दुवै देशको आर्थिक साझेदारीमा सफलता मिलिरहेको ज्ञवालीको भनाई छ । उहाँले पूर्वाधार विकासका संयुक्त परियोजनाहरुमा भइरहेका कामहरु सन्तोषजनक भएको बैठकको निष्कर्ष रहेको बताउनुभयो ।

अरुण तेस्रो जलविद्युत परियोजनाको 40 प्रतिशत काम सम्पन्न भइसकेको, पहिलो मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाईपलाईनको निर्माण 17 महिनाभित्र पुरा भएको र यसले ढुवानी लागत घटाएको, विराटनगर र वीरगञ्जमा एकीकृत चेकपोस्ट संचालनमा आएको, भूकम्पपछि नुवाकोट र धादिङमा 50 हजार घर पुनर्निणाणको काम अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो ।

बैठकमा भारतलाई कोभिड-19 विरुद्धको खोप उत्पादन गरेकोमा शुभकामना दिँदै त्यसको लाभ नेपालले पनि पाउन सकोस भन्ने आग्रह गरेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...