HomeFeatureसरकारले सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिलाउन जवाफदेहिता नदेखाएको भन्दै खबरदारी कार्यक्रम

सरकारले सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिलाउन जवाफदेहिता नदेखाएको भन्दै खबरदारी कार्यक्रम

काठमाण्डौ, 16 जनवरी 2021

सशस्त्र द्वन्द्वकालका गम्भीर मानवअधिकार उल्लंघनका पीडितलाई न्याय दिलाउन सरकारले जवाफदेहिता नदेखाएको भन्दै खबरदारी गरिएको छ । शिक्षक मुक्तिनाथ अधिकारीको हत्या भएको १९ वर्ष बितिसक्दा पनि पीडितलाई सत्य, न्याय र परिपुरणको अधिकार सुनिश्चित गर्नमा सरकार र राजनीतिक दलहरुले आलटाल गरेको भन्दै काठमाडौँमा खबरदारी कार्यक्रम राखिएको हो । अधिकारीको वि.सं. २०५८ साल माघ ३ गते हत्या गरिएको थियो । सशस्त्र द्धन्दकालमा गम्भीर मानवअधिकार उल्लंघनका पीडितलाई न्याय दिन तथा पिडकलाई कारबाही गर्न भनि सत्य निरुपण र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठन गरिएको भएपनि आयोगले न्याय दिन नसकेको पीडितको गुनासो रहदै आएको छ । मुक्तिनाथ अधिकारीका छोरा सुमन अधिकारी राज्यका सबै निकाय, राजनीतिक दल, आयोग सबै ठाउँमा पुग्दा पनि न्याय पाउन नसकेको बताउनुहुन्छ । राज्यले पीडितको पीडामाथि फुटबल खेल्ने काम गरेको उहाँको भनाई छ ।

द्धन्दपीडितहरु न्यायका लागि वर्षौदेखि भौतारिइरहेका छन् । न्याय दिलाउन भनि गठन भएका दुई आयोगहरु पीडितलाई न्याय दिलाउन भन्दापनि पिडकलाई चोख्याउन दलिय स्वार्थमा काम गरिरहेको द्धन्दपीडितको आरोप छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...