HomeFeatureदिल्लीमा सीए अध्ययरत नेपाली विद्यार्थीद्वारा आत्महत्या, आजदेखि शुरु हुँदै थियो परीक्षा, सुसाईड...

दिल्लीमा सीए अध्ययरत नेपाली विद्यार्थीद्वारा आत्महत्या, आजदेखि शुरु हुँदै थियो परीक्षा, सुसाईड नोटमा यस्तो लेखे आत्महत्या गर्दै आमाबुवासँग मागे माफी

नयाँ दिल्ली, 21 जनवरी 2021

भारतको राजधानी दिल्लीमा सीए अध्ययनरत एक नेपालीले आत्महत्या गरेको घटना प्रकाशमा आएको छ । गुल्मीको चन्द्रकोट गाँउपालिका वडा नम्बर-7 रुपाकोटका वासिन्दा अन्नतराम भण्डारीका छोरा मदन भण्डारीको शव बुधवार साँझ झुण्डिएको अवस्थामा लक्ष्मीनगरस्थित उनि बस्ने कोठामा फेला परेको छ । जानकारीका अनुसार उनि विगत 8 वर्षदेखि लक्ष्मीनगरमा बस्दै सीए अध्ययन गर्दै आएका थिए ।

3 दिनदेखि घर परिवारको सम्पर्कमा नरहेका मदनले आत्महत्या कहिले गरेभने अहिले पुष्टी हुन सकेको छैन । तर नेपालमा रहेका घरका सदस्यहरुले उनको बारेमा बुझ्न उनका साथीहरुलाई आग्रह गरेपछि बुधवार उनको कोठामा पुगेका साथीहरुले झुण्डिएको अवस्थामा शव देखेका थिए । लक्ष्मीनगरस्थित शकुरपुर पुलिस थानाका अनुसार घटनास्थलबाट एक सुसाइड नोट पनि प्राप्त भएको छ । सुसाईड नोटमा उनले मानसिक तनावका कारण आत्महत्या जस्तो कठोर कदम चाल्न लागेको भन्दै आफ्ना आमाबुवालाई माफी दिन भनेका छन । सुसाईड नोटमा उनले लेखेका छन , बुवाआमा म तपाईहरुको माफीको लायक त छैन र म आफुले आफैलाई पनि माफ गर्न सक्दैन । जीवनमा नत मैले तपाईहरुलाई कहिले सुख दिन सके र अझै जीवन बाँचेपनि सायदै तपाईहरुलाई सुख दिन सक्छु । म आफुले आफैबाट हारेको मान्छे, आफुले आफैलाई जित्न नसकेको मान्छे कसरी दुनिया बसाउन सक्छु । म आफ्नो जीवनदेखि घृणा गर्छु र म आफुले आफुलाई मनभित्र-भित्रै जिउँदो मारेर बाँच्न सकिन । उनले अगाडी आफ्नो अपराधको लागि माफी गर्न आमाबुवालाई आग्रह गरेका छन ।  

मृतक मदनका मिल्ने एक साथी मनोज केसरीका अनुसार उनिसँग आइतवार अन्तिम पटक भेट भएको थियो । तर उनि सामाजिक संजालमा भने सोमबार अन्तिम पटक एक्टिभ देखिएका थिए ।

दिल्लीका समाजसेवी रघुनाथ पाण्डेयका अनुसार शवलाई नेपाल पठाउने तयारी भइरहेको छ । घटनापछि आज विहान पुलिस थाना पुग्नु भएका पाण्डेयले शव दिल्लीको तीस हजारीस्थित शव गृहमा राखिएको र भोली पोस्टमार्टमपछि शवलाई नेपाल पठाइने बताउनुभएको छ ।

मृतक मदन घरको एक्लो छोरो भएको भनिएको छ । उनका 3 दिदीबहिनीहरु छन । जानकारीका अनुसार मदनको सीए अध्ययन पुरा भएको थिएन । आजदेखि सीएको परीक्षा पनि शुरु भएको छ । यो परिक्षामा उनले सहभागिता जनाउने कुरा भएकाले उनको आत्महत्यालाई यो परीक्षासँग पनि जोडेर हेरिएको छ ।     

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...