HomeFeatureदिल्लीमा आत्महत्या गरेका नेपाली विद्यार्थीको पोस्टमार्टमपछि शव नेपाल पठाइयो

दिल्लीमा आत्महत्या गरेका नेपाली विद्यार्थीको पोस्टमार्टमपछि शव नेपाल पठाइयो

नयाँ दिल्ली, 22 जनवरी 2021

भारतको राजधानी दिल्लीमा आत्महत्या गरेका सीए अध्ययनरत नेपाली विद्यार्थी मदन भण्डारीको शव आज नेपाल पठाइएको छ । गुल्मीको चन्द्रकोट गाँउपालिका वडा नम्बर-7 रुपाकोटका वासिन्दा अन्नतराम भण्डारीका छोरा मदन भण्डारीको शव उनि बस्ने दिल्लीको लक्ष्मीनगरस्थित कोठामा बुधवार साँझ झुण्डिएको अवस्थामा फेला परेको थियो।

आज पोस्टमार्टमपछि शवलाई एम्बुलेन्समार्फत नेपाल पठाइएको हो । घरबाट कोही आउन सक्ने अवस्था नभएपछि गाउँपालिकाको सिफारिसका आधारमा नेपाली दूतावासले सहजता गरिदिएपछि शव नेपाल पठाइएको हो । यसक्रममा प्रवासी नेपाली मित्र मञ्चका महासचिव रघुनाथ पाण्डे, प्रवासी नेपाली संघ भारतकी उपाध्यक्ष सिता अधिकारी, खेमलाल भण्डारी, सिता बस्याललगायतले दिल्लीबाट र प्रवासी नेपाली संघ भारतका अध्यक्ष लोकनाथ भण्डारी र केन्द्रीय सदस्य एंव “मदन भण्डारी स्पोर्ट्स एकेडेमी ईन्डिया” का इन्चार्ज गोपाल थापाले सहयोग गरेका थिए ।

3 दिनदेखि घर परिवारको सम्पर्कमा नरहेका मदन 20 तारिख राति कोठामा आत्महत्या गरेको अवस्थामा फेला परेका थिए । स्थानियका अनुसार मदनले 19 तारिकको दिँउसो बाहिर आएर चिया पिएको देखेको तर त्यसपछि उनलाई नदेखेको बताएका कारण 19 तारिखको राति उनले आत्महत्या गरेको अनुमान गरिएको छ ।

घरका आफन्त नभएका कारण पुलिस कारवाही हुन सकेको थिएन । हिजो साँझ गाँउले भाई भनिएका राजन भण्डारी पुलिस थाना पुगेपछि आज पोस्टमार्टम भइ शव नेपाल पठाइएको हो । मानसिक तनावका कारण मदन भण्डारी आत्महत्या गरेको सुसाईड नोटमा लेखेका छन । उनि बसेको कोठा फोहर हुनुका साथै सर-सामानमा धुलै-धुलो लागेकाले उनि तनाव भएको हुन सक्ने प्रवासी नेपाली संघकी उपाध्यक्ष सिता अधिकारीले आशंका व्यक्त गर्नुभयो ।

मृतक मदन 3 दिदीबहिनीमा घरको एक्लो छोरो थिए । मदनका साथीहरुका अनुसार उनको सीए कटेको थिएन । हिजोदेखि सीएको परीक्षा पनि शुरु भएको थियो । त्यसको एकदिनअघि उनको शव भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...