HomeFeatureप्रधानमन्त्रीमाथि योगेश भट्टराईको आरोप, ओली द्रुत गतिमा दक्षिणपन्थीबाटो तर्फ बढ्दै

प्रधानमन्त्रीमाथि योगेश भट्टराईको आरोप, ओली द्रुत गतिमा दक्षिणपन्थीबाटो तर्फ बढ्दै

काठमाण्डौं, 23 जनवरी 2021

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य योगेश भट्टराईले संविधानमाथिको प्रश्नमा वकिलहरु व्यवसायिकता भनेर विचारबाट भाग्न नपाउने बताउनुभएको छ । शनिबार मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको संसद विघटन र समाजवादी क्रान्तिको मार्गचित्र विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य भट्टराईले वकिलहरु कुनै फौजदारी विषयको मुद्दामा लड्न स्वतन्त्र भएपनि संविधानको विषयमा व्यवसायिक धर्म भनि जान नमिल्ने बताउनुभएको हो । संविधानमाथिको प्रश्नमा वकिलहरु व्यवसायिकता भनेर विचारबाट भाग्न नपाउने उहाँको भनाई छ ।

प्रधानमन्त्री ओली द्रुत गतिमा दक्षिणपन्थीबाटो तर्फ जादै गरेको उहाँले बताउनुभयो । संविधानमा भएका कतिपय विषय प्रधानमन्त्री ओलीलाई मन नपरेको भन्दै उहाँले तिनै मुद्दालाई संशोधन गर्नका निम्ति ओलीले दुईतिहाई मत मागेको बताउनुभयो । नेपालको संविधानको निर्माता आफ्नो पार्टी, वर्ग, विचार र सिद्धान्त भएकोले संविधानप्रति आफुहरुको लगाव र स्नेह रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...