HomeFeatureWHO को विशेषज्ञ टोली चीनको वुहानमा, कोरोना भाईरस महामारीको उत्पत्तिबारे अनुसन्धान शुरु

WHO को विशेषज्ञ टोली चीनको वुहानमा, कोरोना भाईरस महामारीको उत्पत्तिबारे अनुसन्धान शुरु

चीन, 28 जनवरी 2021

विश्व स्वास्थ्य संगठनको 13 सदस्यीय विशेषज्ञ टोलीले लामो समयको पर्खाईपछि कोरोना भाईरस प्रकोपको उद्गमस्थल चीनको वुहानमा भाईरस कसरी फैलियो भन्नेबारे अनुसन्धान शुरु गरेको छ । चीन भ्रमणमा रहेको विशेषज्ञ टोलीले आज 14 दिनको क्वारेन्टीन पुरा गर्नेछ। टोली वुहानको एक होटलमा क्वारिन्टीनमा बसिरहेको थियो ।

WHO को विशेषज्ञ टिमले कोरोना भाईरस सबैभन्दा पहिला फैलिएको भनिएको वुहानको सीफुड मार्केटको स्थलगत भ्रमण गर्नुका साथै अनुसन्धान संस्थान र अस्पतालमा मानिसहरुसँग सोधपुछ गर्नेछ । पुरै विश्वलाई अस्तव्यस्त पारेक कोरोना भाईरसको शुरुवात कसरी भयो भन्ने सबैले थाहा पाउन चाहेका छन । अहिले यसको अनुसन्धानका लागि एक टिमले काम शुरु गर्न लाग्दा पुरै विश्वको ध्यान अनुसन्धान टोलीमाथि रहेको छ ।

WHO ले कोरोना महामारी शुरुवात भएदेखिनै वुहानमा स्थलगत अनुसन्धान गर्न खोजेको थियो तर कयौं पटक स्थगन भएको थियो । 2019 को अन्त्यमा पहिलो पटक भाईरस फेला परेको भनिएको वुहानमा वास्तविकता थाहा गर्न भन्दै टोली चीनमा रहेको छ । टोलीलेले पछिल्लो 2 सातादेखि भिडियो कन्फ्रेन्सिङका माध्यमले एक-आपसमा र वैज्ञानिकहरुसित कुरा गरिरहेका छन ।

यसअघि फरवरी 2020 मा चीनको भ्रमण गरेको WHO को एक टिमले कोभिड-19 भाईरस वुहानको सीफुड मार्केटमा जनावरबाट आएको भनेको थियो ।

यसअघि अमेरिका र अष्ट्रेलियासहित कयौं देशहरुले चीनले कोरोना महामारीको शुरुवातको चरणमा जानकारी लुकाएर पुरै विश्वलाई महामारीमा फसाएको आरोप लगाउँदै आएका थिए । तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले WHO चीन समर्थक भएको भन्दै आपत्ति प्रकट गर्दै आउनु भएको थियो । गत साता महामारी तयारी एंव कारवाही सम्बन्धि स्वतन्त्र समितिले WHO र चीनले कोभिड-19 महामारीको शुरुवातमै तीव्रताका साथ यसको रोकथाम गर्न सक्ने थिए भनेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...