HomeFeatureनिर्वाचन आयोगको बैठकमा उपस्थित भएन प्रचण्ड-माधव समूह, ओली पक्षसँग सामान्य छलफल, अर्को...

निर्वाचन आयोगको बैठकमा उपस्थित भएन प्रचण्ड-माधव समूह, ओली पक्षसँग सामान्य छलफल, अर्को बैठक बोलाउने

काठमाण्डौ, 29 जनवरी 2021

निर्वाचन आयोगले बोलाएको छलफलमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष सहभागि नभएपछि पुनः अर्को बैठक आयोजना गर्ने भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन र आयोगले निर्वाचन तयारीको सम्बन्धमा हालसम्म गरेका कामको विषयमा छलफल गर्न भनि नेकपाको दुवै पक्षलाई बोलाएको शुक्रबारको छलफलमा प्रचण्ड–माधव पक्षले सहभागिता नजनाएपछि आयोगले पुनः अर्को बैठक बोलाउने भएको छ । शुक्रबार प्रचण्ड–माधव पक्षले अध्यक्षद्धय कार्यक्रमको शिलशिलामा उपत्यकाबाहिर रहेको र छलफलमा अध्यक्ष स्वयं उपस्थिति हुन चाहेको भएपनि १८ गतेसम्म उपस्थिति हुन नसक्ने औपचारिक पत्रसाथ जानकारी गराएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षको तर्फबाट नेता सुवासचन्द्र नेम्वाङसहित नेपाल सरकारका मन्त्रीहरुको उपस्थितिमा निर्वाचन आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुसँग अनौपचारिक छलफल गरिएको उहाँको भनाई छ । छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबाट आयोगले निर्वाचनको तयारीको सम्बन्धमा हालसम्म गरेका प्रगतिको बारेमा जनकारी गराउनुभएको र निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न आयोगले तयारी गरेको तथा निर्वाचन सम्पन्न गर्न राजनीतिक दलबाट आयोगले सहयोगको अपेक्षा गरेको बताउनुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

आयुक्त पौड्यालले निर्वाचन सम्पन्न गर्नका लागि राजनीतिक दलहरुबाट उपयुक्त राजनीतिक वातावरण सिर्जना हुनुपर्ने भन्दै त्यसको जिम्मेवारी राजनीतिक दलको नै भएको स्पष्ट पार्नुभएको प्रवक्ता श्रेष्ठको भनाई छ । आयोगले अर्को बैठक उपयुक्त समयमा बोलाउने आयुक्त पौडेलले बताउनुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...