HomeFeatureब्रिटेनका राजकुमार ह्यारी र उनकी पत्नी शाही पदबाट मुक्त

ब्रिटेनका राजकुमार ह्यारी र उनकी पत्नी शाही पदबाट मुक्त

नयाँ दिल्ली, 20 फेब्रुअरी 2021    

बेलायतका राजकुमार ह्यारी र उनकी श्रीमती डचेस अफ ससेक्स मेगन मर्कलेबाट सबै शाही पदवी फिर्ता लिइएको छ । बेलायतको शाही परिवारको जिम्मेवारीबाट छुट्टिने घोषणा गरेपछि उनिहरुमाथि कारवाही हुने अनुमान गरिएको थियो । 2020 को शुरुवातमा महारानीसँग भएको एक बैठकमा ह्यारीले शाही परिवारबाट टाढा जाने आफ्नो निर्णयलाई एक वर्षसम्म समिक्षा गर्ने सहमति गरेका थिए । शुक्रवार महारानी एलिजावेथ द्वितीयले राजकुमार ह्यारी र उनकी पत्नी राजकुमारी मेगन मर्कलेबाट शाही पदवी फिर्ता लिइएको घोषणा गरेकी हुन् । ह्यारीकी हजुर आमा महारानी एलिजाबेथ द्वितीयका तर्फबाट जारी एक बयानमा बकिंघम प्यालेसले भनेको छ, राजकुमार र राजकुमारीले महारानीलाई आफ्नो निर्णयबारे अवगत गराएका छन । दुवै जनाले राजशाहीबाट सम्बन्ध तोड़ने घोषणा गरेको आगामी महिना एक वर्ष पुरा भइरहेको छ ।

94 वर्षीय महारानीले आफ्नो निर्णयको बारेमा उनिहरुलाई पत्र पनि लेखेकी छिन । सो पत्रमा उनिहरु फिर्ता नभए उनिहरुको सबै मानार्थ सैन्य पद र राजशाही पदहरु शाही परिवारका अन्य कार्यकारी सदस्यहरुलाई प्रदान गरिने भनिएको छ । बकिंघम प्यालेसका तर्फबाट जारी बयानमा भनिएको छ, राजकुमार ह्यारी र राजकुमारी मेगन मर्कलेले आफुहरु शाही परिवारको कार्यकारी सदस्यका रुपमा नफर्कने महारानीलाई पुष्टि गरेका छन । जानकारीका अनुसार राजकुमारसँगको संवादपछि महारानीले उनिहरुलाई पत्र लेखेर शाही परिवारबाट अलग भएर सार्वजनिक जीवनको जिम्मेवारी र कर्तव्य वहन गर्न उनिहरुका लागि सम्भव नहुने भनेकी छिन।

मानार्थ सैन्य पद र राजकुमार एंव राजकुमारीको शाही पद महारानीलाई फिर्ता गरि शाही परिवारका अन्य कार्यकारी सदस्यहरुलाई वितरण गरिनेछ । राजकुमार ह्यारीलाई कयौं सैन्य उपाधि र कोमनवेल्थसँग सम्बन्धित नियुक्तिसहित कयौं अधिकार प्राप्त थियो भने उनकी पत्नी मेगनलाई पनि कयौं मानार्थ उपाधिहरु प्राप्त थियो । राजकुमार ह्यारीलाई बेलायतको रोयल मरीनको क्याप्टेन जनरल बनाइएको थियो । उनीहरुले अब सबै शाही सुविधा त्यागेर आम नागरिकको जीवन बिताउने फैसला गरेका हुन । राजकुमार ह्यारी र उनकी पत्नी मेगनले एक वर्षको अवधिमा अमेरिकामा कयौं कम्पनीहरुमा आवद्ध भएर नया जीवन शुरू गरेका छन । उनिहरु अहिले कैलिफोर्नियामा रहिरहेका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...