HomeFeatureगुल्मी भुर्तुङ सम्पर्क समिति भारतमा नयाँ कार्यसमितिको चयन, सांस्कृतिक कार्यक्रमसहित भव्य कार्यक्रम

गुल्मी भुर्तुङ सम्पर्क समिति भारतमा नयाँ कार्यसमितिको चयन, सांस्कृतिक कार्यक्रमसहित भव्य कार्यक्रम

नयाँ दिल्ली, 22 फेब्रुअरी 2021

गुल्मी भुर्तुङ सम्पर्क समितिको तेस्रो अधिवेशन आइतबार भव्यरुपमा सम्पन्न भएको छ। दिल्ली नजिकै गुरुग्रामको एशियन हट किचन रेष्टुरेण्टमा सम्पन्न कार्यक्रममा समितिको तेस्रो अधिवेशनबाट नयाँ कार्यसमिति समेत चयन भएको छ । टिका बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी बाबु रोका मगर, ललित जीसी, मोनिका जीसी, कलाकार राम गहतराज, अस्मिता बीसी लगायत अतिथिको उपस्थिति रहेको थियो ।

कार्यक्रमका बोल्दै निवर्तमान अध्यक्ष टिका बहादुर कार्कीले आफ्नो कार्यकालमा प्रवासका साथै भुर्तुङमा अहिलेसम्म गरेका सहयोगका बारेमा जानकारी दिनुभयो । उहाँले आफ्नो कार्यकालमा भएका उपलब्धीहरु सबैलाई सुनाउँदै नयाँ कार्यकालले पनि भुर्तुङ र भुर्तुङ्गेली समाजका लागि अभूतपूर्व काम गर्ने अपेक्षा गर्नुभयो ।

तेस्रो अधिवेशनबाट देवेन्द्र केसीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति समेत चयन गरिएको छ । जसमा देबेन्द्र केसी अध्यक्ष तथा मिडिया संयोजक रहनुभएको छ । टिका बहादुर कार्की संस्थापक तथा संरक्षक रहेको कार्यसमितिको उपाध्यक्षमा डोलराज गौतम र कृष्णप्रसाद पौडेल चयन हुनुभएको छ। महासचिव मुकुन्द पौडेल, सचिव मोहराज भट्टराई र सहसचिव टिका कणेंल रहेको नयाँ कार्यसमितिमा कोषाध्यक्ष गोपी पौडेल र सह कोषाध्यक्षमा प्रदिप खत्री सर्वसम्मत चुनिनुभएको छ। बिभागिय सचिव तर्फमा रजिष्ट्रार सचिव दिपक कार्की, सङ्गठन तथा बिदेश सचिव जिवन पौडेल, महिला सचिव उमा बिक, समन्वय समिति सचिव हेमन्त सुबेदी, स्वास्थ्य तथा खेल सचिव प्रकाश शाह, अल्पसङ्ख्यक मामिला सचिव किशन खड्का र ब्यवस्थापन सचिवमा बिक्रम कार्की सर्वसम्मत चुनिएका छन। त्यस्तै सदस्यहरुमा शेर बहादुर कार्की, रेशम परियार, जनक पौडेल र पुरन शाह सर्वसम्मत चुनिएका छन। समितिले केहि अपर्झट निर्णय गर्नुपरेमा र कार्यसमिति उपस्थित हुन नसकेको खण्डमा काम गर्ने गरि पाँच सदस्यिय कोर कमिटी पनि सर्वसम्मत बनाएको छ । जस्को अध्यक्षमा देबेन्द्र केसी, उपाध्यक्षमा दिपक पौडेल, सचिवमा राजकुमार पौडेल, कोषाध्यक्षमा सिता सुबेदी र सदस्यमा शशी गिरी रहेका छन। गुल्मी भुर्तुङ सम्पर्क समितिका सदस्यहरुको बाक्लो उपस्थितिमा भएको कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको छ । बालकलाकारहरु सृस्टी अधिकारी, निर्मला पुन र आरुषी जिसीले नृत्य प्रस्तुत गरेका थिए भने गायक राम गहतराज र गायिका अस्मिता बीसी र भजन सागर ले साङ्गगितिक प्रस्तुति दिएका थिए । पत्रकार देबेन्द्र केसीले सञ्चालन गरेको कार्यक्रममा निबर्तमान अध्यक्ष टिका बहादुर कार्कीलाई ‘उच्च सम्मान ‘सहितको मोमेन्टो र दोसल्ला ओडाएर सम्मान गरिएको थियो भने बालकलाकारहरु लाई प्रमाण पत्र र गायक, गायिकाहरुलाई दोसल्ला र मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रम पछि प्रतिकृया दिदै नवनियुक्त अध्यक्ष केसी ले ‘भुर्तुङ्गेली नागरिक हरुको हरेक सुख र दुखमा साथ दिने, भुर्तुङ्गमा भएका बिकास, निर्माण मा सघाउ पुर्याउने र वडामा देखिएका अनियमितता बारे ससक्त भएर लडने ‘प्रतिबद्धता ब्यक्त गर्नुभएको छ।

समारोहकै क्रममा नयाँ दिल्ली, एनसिआरमा नेपाली मौलिक लोक भजनको अभावलाई मध्यनजर गर्दै नेपाली संस्कृति को जगेर्ना गर्नेगरि ‘शिद्ध कालिका संस्कृतन मंण्डल’ पनि गठन गरिएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...