HomeFeatureकाठमाडौं र काठमाडौं बाहिरका स्मार्ट सिटीहरुको काम समानान्तर ढंगले अगाडी बढदै

काठमाडौं र काठमाडौं बाहिरका स्मार्ट सिटीहरुको काम समानान्तर ढंगले अगाडी बढदै

काठमाण्डौ, 1 मार्च 2021

शहरी विकास मन्त्री प्रभु साहले काठमाडौं र काठमाडौं बाहिरका स्मार्ट सिटीहरुलाई समानान्तर ढंगले अगाडी बढाइरहेको बताउनुभएको छ। सोमबार शहरी विकास मन्त्रालयमा काठमाडौंमा बन्दै गरेका तीन स्मार्ट सिटीको बारेमा जानकारी दिन आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री साहले काठमाडौंमा बन्ने ४ स्मार्ट सिटीमध्ये ३ वटा स्मार्ट सिटीको काम अगाडी बढेको भन्दै काठमाडौं बाहिरका स्मार्ट सिटीहरुलाई पनि सँगै लान खोजिएको बताउनुभएको हो । काठमाडौं भित्र र काठमाडौं बाहिरका स्मार्ट सिटीलाई समानान्तर ढंगले अगाडी बढाइरहेको उहाँको भनाई छ।

उहाँले भन्नुभयो – ‘काठमाडौंमा ४ वटा स्मार्ट सिटी प्रस्तावित गरेका छौँ । जसमा ३ वटा त अगाडी नै बढीसकेको हामी हेरिरहेका छौँ । काठमाडौं बाहिरका पनि स्मार्ट सिटीहरुलाई हामी सँगै लान खोजिरहेका छौँ । काठमाडौं भित्रका स्मार्ट सिटी र काठमाडौं बाहिरका स्मार्ट सिटी दुईवटैलाई हामी समानान्तर ढंगले नै अगाडी बढाइरहेका छौँ । भन्नलाई मात्रै स्मार्ट सिटी होइन, देख्नलाई पनि स्मार्ट सिटी । भन्नलाई त हामी सबै चुनावको बेला भन्यौ स्थानिय तहदेखी लिएर सबै तहमा हामि स्मार्ट सिटी बनाउँदैछौ भन्ने चर्चा व्यापक भइरहेकै खण्डमा अब यो चर्चाको विषय हुनुहुदैन । हेर्ने विषय र व्यवहारतः हामी लागु गर्ने विषय बनाउनुपर्छ भन्ने दिशामा मन्त्रालय अगाडी बढेको छ । बाहिरको पनि दशवटा स्मार्ट सिटीको काम अगाडी बढाइरहेका छौँ । र काठमाडौंमा व्यवहारतः ३ वटा शहरको काम अगाडी बढेको छ ।

मन्त्री साहले काठमाडौँ उपत्यका देशको मुटु भएकाले यहाँको बसोबास र भौतिक पूर्वाधारको स्तर देशको मान र सम्मानसँग जोडिने भएकाले नेपाललाई विश्वमा प्रतिस्पर्धा गर्न सकिन्छ सकिन्न र हाम्रा सिटीहरु कुन स्थानमा रहन्छन् भन्नेतर्फ मन्त्रालयले सोचेको पनि बताउनुभयो । काठमाडौंको भद्रगोल शहरीकरणलाई योजनाबद्ध, व्यवस्थित शहरीकरणको सचेत प्रयासका रुपमा स्मार्ट सिटी निर्माण कार्य गरिदै गरेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘काठमाडौं नेपालको मुटु हो र यहाँको बसोबास, यहाँको भौतिक पूर्वाधारको स्तरले हाम्रो देशको सम्मान र मानसँग जोडिएको छ । त्यसैले अब हुने नयाँ प्लानिङहरु त्यो उचाइलाई छुन्छ कि छुदैँन, जुन ढंगले विश्वको कम्पिटिशन छ र हाम्रा नेपालीहरु विकसित देशतिर अग्रसर छ । विकसित देशतिर अग्रसर भइरहेको खण्डमा हामी नेपाललाई त्यो उचाइ दिन प्रेरित गरिरहेका छौँ । त्यो लेभलमा उठाउन अहिले अगाडी सारिएको प्रोजेक्ट त्यो उचाइमा छुन्छ कि छुदैन । विश्वको जो प्रतिस्पर्धा छ त्यसमा हाम्रा सिटीहरुले कुन स्थानमा रहन्छ त हाम्रा सिटीका व्यवस्थापन ? त्यो हाइटबाट सोचिरहेका छौँ । काठमाडौंमा आफ्नै ढंगले शहरीकरण भइरहेको छ । त्यो भद्रगोल शहरीकरणलाई एउटा योजनावद्ध, व्यवस्थित शहरीकरणको सचेत प्रयासका रुपमा यसलाई बुझ्न जरुरी छ ।

उहाँले स्मार्ट सिटी बनाउने काम छिटो गर्नुपर्ने र छिटो बनाउने नाममा कानुन विपरित गर्नु नहुनेमा जोड दिनुभयो । स्मार्ट सिटी आम देशबासीको सम्मानसँग जोडिएको महत्वांकाक्षी योजना भएको भन्दै यसलाई सबैको सरोकार जोड्ने गरी अगाडी बढाउने पनि मन्त्री साहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...