HomeFeatureप्रधानमन्त्री ओलीलाई हटाएर प्रचण्ड संसदीय दलको नेता चयन, के छ प्रतिनिधिसभा बैठकको...

प्रधानमन्त्री ओलीलाई हटाएर प्रचण्ड संसदीय दलको नेता चयन, के छ प्रतिनिधिसभा बैठकको तयारी ?

काठमाण्डौ, 5 मार्च 2021

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल पक्षले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।  शुक्रबार नेकपा प्रचण्ड–माधव पक्षको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको हो । संसदीय दलको जेष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसम्मत् रुपमा संसदीय दलको नेतामा चयन गरिएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो । त्यसैगरी बैठकले अदालत र जनताको मर्म विपरित केपी शर्मा ओली प्रधानमन्त्रीको पदमा बसिरहने कार्य निन्दनिय र अलोकतान्त्रिक भएको पनि ठहर गरेको छ । प्रधानमन्त्री ओलीले देशमा राजनीतिक निकासलाई अवरुद्ध पारेकाले त्यसको विरोध गर्दै देशलाई राजनीतिक निकास दिने कार्यमा अग्रसर हुन सबै राजनीतिक दल तथा सांसदहरुलाई आब्हान गरिएको पनि प्रमुख सचेतक गुरुङले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका बरिष्ठ नेता झलनाथ खनालले फागुन १९ गते संसदीय दलका २५ प्रतिशत सदस्यले हस्ताक्षर गरी बैठक बोलाउन माग गरे बमोजिम शुक्रबार बैठक बसी प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरिको बताउनुभयो । संसदीय दलको बैठकमा १ सय ११ जना सांसदहरुको हस्ताक्षर भएको भन्दै आफ्नो पक्षमा संसदीय दलमा अत्याधिक बहुमत रहेको दाबी पनि गर्नुभयो ।

संसदीय दलको बैठकले फागुन १८ गते ताप्लेजुङमा भएको आगलागीको घटनामा पीडितहरुको उद्दार र राहतको माग समेत गरेको छ । त्यसैगरी शुक्रबार नै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शान्तिपूर्ण बाटोमा लाग्न गरेको निर्णयलाई बैठकले स्वागत पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...