HomeFeatureकति छन नेपालमा मुस्लिमहरु, मुस्लिमहरुलाई पहिचान गर्न गाऱ्हो भएपछि थर सूचिकृत गरिदै

कति छन नेपालमा मुस्लिमहरु, मुस्लिमहरुलाई पहिचान गर्न गाऱ्हो भएपछि थर सूचिकृत गरिदै

काठमाण्डौ, 15 मार्च 2021

राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम समुदायको थर सुचिकृत गर्ने भएको छ । मुस्लिम समुदायभित्र विभिन्न थरहरु रहेका कारण समुदायलाई पहिचान गर्न समेत गाह्रो भएको भन्दै मुस्लिम आयोगले मुस्लिम समुदायको थर सुचिकृत गर्ने भएको हो । सोमबार राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगको वार्षिक प्रतिवेदन २०७६÷०७७ को विषयमा सञ्चारकर्मीसँग भेटघाट गर्दै आयोगले मुस्लिम समुदायको थर सुचिकृत गर्ने बताउनुभएको हो । थर सुचिकृत गर्नको निम्ति आर्थिक वर्ष २०७६÷०७७ मा मोरङ, सुनसरी, सप्तरी, पर्सा, बाँके र पाल्पामा अध्ययन समेत भएको उहाँले बताउनुभयो । हालसम्म ४५ वटा थर फेला पारेको र थप अध्ययन गरेर सार्वजनिक गर्ने उहाँको भनाई छ ।

राष्ट्रिय मुस्लिम आयोगले २०७६/ ०७७ मा मुस्लिम समुदायको जनसंख्या बढी भएका ११ जिल्लाका ९१ जना महिला र ७५ जना पुरुष गरी १ सय ३१ जनालाई सिलाई कटाइ तालिम, ब्युटीपार्लर तालिम तथा सवारी साधन मर्मत तालिम प्रदान गरेको जनाएको छ । त्यसैगरी ५२ जनालाई लोकसेवा तयारी कक्षा सञ्चालन गरेको अध्यक्ष अन्सारीको भनाई छ । मदरसाको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरको अध्ययन गरी मोरङ, सुनसरी, रौतहट, पर्सा, दाङ र स्याङ्जाका २ सय ३६ मदरसा सम्बन्धी तथ्यांक र सुचनाहरु संकलन गरिएको पनि उहाँले बताउनुभयो । मदरसामा पढ्दै गरेका विद्यार्थी छात्राहरुलाई बाहिरको सरकारी तथा नीजि विद्यालयमा पढ्दा पोशाकको असहजता भएको भन्ने जनगुनासोको सम्बन्धमा छात्राहरुलाई सहज हुने पोशाक लगाउन बातावरण बनाइदिन शिक्षा मन्त्रालयलाई अनुरोध गरेको पनि उहाँले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७६/०७७ मा आयोगलाई प्राप्त भएको ५ करोड ६ लाख ८३ हजार ६ सय २८ रुपैयाँ मध्ये २ करोड ५१ लाख ६४ हजार ९ सय ९४ रुपैयाँ ९२ पैसा खर्च भएको आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...