दिल्ली, 20 मार्च 2021
भारतको राजधानी दिल्लीको मजनुका टीलामा हत्या भएकी नेपाली महिलालाई छिटो न्याय दिन माग गर्दै तिब्बती महिला संघ र नेपाली नागरिकहरुले पुलिस प्रशासन र स्थानिय विधायकलाई आग्रह गरेका छन । हत्या भएको आज 4 दिन वितिसक्दा पनि हत्या गर्ने अपराधीहरु पक्राउ नपरेको भन्दै मजनुका टीला क्षेत्रमा बस्ने तिब्बती महिलाहरु र नेपाली नागरिकहरु भेला भएर क्षेत्रको तिमार पुलिस थाना पुगेर हत्याराहरुलाई छिटो पक्राउ गरि सार्वजनिक गर्न माग गरेका हुन । हेर्नुहोस भिडीयोमा









































