HomeFeatureकाँग्रेसले भन्यो सरकारको नेतृत्व लिन तयार छौं

काँग्रेसले भन्यो सरकारको नेतृत्व लिन तयार छौं

काठमाण्डौ,22 मार्च 2021

नेपाली काँग्रेसका नेता रमेश लेखकले सरकारले नेतृत्व लिन पार्टी तयार रहेको बताएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकपछि उहाँले आवश्यक परे सरकारको नेतृत्व गर्न पार्टी तयार रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो आवश्यकता पर्यो भने बैकल्पिक सरकार दिन्छौ भनेकै छ । तर अझै परिस्थिति सुनिश्चित र परिपक्क भएको छैन ।

बैठकमा क्रियाशिल सदस्यता छानविन समितिले क्रियाशिल सदस्यताको व्यवस्थापनको सम्बन्धमा भएको प्रगति, कमिकमजोरी लगायत बारे जानकारी गराएको थियो । क्रियाशिल सदस्यता सुरु नै नभएका सप्तरी, सिरहा, धनुषा, रसुवा, बारा, बर्दिया, बाँके, रुकुम पुर्व र डोल्पाका सम्बन्धमा कसरी अगाडि बढ्ने बारेमा बैठकमा छलफल भएको नेता लेखकले बताउनुभयो ।

सोमबार सम्म जम्मा ३ लाख ९२ हजार ७ सय ९४ जनाले क्रियाशिल सदस्यताको सम्पुर्ण जानकारी इन्ट्री भईसकेको र त्यसमध्ये नया १ लाख ८० हजार २ सय ७५ जना र नविकरण भएकोमा २ लाख १२ हजार ५ सय १९ जना रहेको उहाँले जानकारी दिनुभयो । लेखकका अनुसार मुलुकभर १० लाख क्रियाशिल सदस्य रहेको अनुमान कांग्रेसले गरेको छ । कांग्रेसले महाधिवेशनको पुर्वसन्धयामा नविकरण र नया वितरणका लागि भोली मंगलबारसम्मको समय दिएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...