HomeFeatureओलीसँग नझुक्ने पक्षमा माधव नेपाल, भन्छन ओलीसँग आत्मसमर्पण गर्दैन

ओलीसँग नझुक्ने पक्षमा माधव नेपाल, भन्छन ओलीसँग आत्मसमर्पण गर्दैन

काठमाण्डौ, 23 मार्च 2021

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष ओलीसँग आत्मसमर्पण नगर्ने बताउनुभएको छ । मंगलबार नेपाल पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले अध्यक्ष ओलीले सोधेको स्पष्टिकरणको जवाफ दिएर आत्मसमर्पण नगर्ने बताउनुभएको हो । उहाँले स्पष्टिकरणबाट आफूहरु नतर्सेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो आज एकजनाले विनम्र भावले भन्दै हुनुहुन्थ्यो केपी ओलीसँग मिल्नका लागि के गर्नुप¥यो भने उहाँले जेजे कारबाही गर्नुहुन्छ सहेर भएपनि, पार्टीबाट निकालि दिनुहुन्छ भनेपनि पार्टीबाट निकालिएपनि चुप लागेर सहेर बसिदिनुहोस । के त्यही बाटोमा हामी जाने हो ? के घुडा टेक्ने बाटोमा हामी जाने हो ? हामी के आत्मसमर्पणको बाटोमा जाने हो ? के केपी ओलीको टाङमुनी छिर्ने बाटोमा जाने हो ? यो कुरा हामीलाई किमार्थ मन्जुर छैन । त्यसो हुनाले केपी ओलीको यो कथित स्पष्टिकरणबाट हामी तर्सिएका छैनौं । हामी आतंकित भएका छैनौं । त्यसको सामना गर्न तयार छौं ।

ओली पक्षले सोधेको स्पष्टिकरणबाट भागेर मैदान नछाडने र पार्टी नफुटाउने पनि नेता नेपालले बताउनुभयो । अध्यक्ष ओली पार्टी विभाजनको पक्षमा रहेपनि आफूले पार्टी नफुटाउने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो मलाई एकजनाले भन्नुहुन्थ्यो स्टेजमा बस्दाखेरी अनुहार उज्यालो गर्नुहोस, अलि अध्यारो अध्यारो जस्तो भयो मुसुक्क हासिदिनुहोस, म हाँस्ने प्रयत्न गर्दैथिए तपाईहरुमा अलिकता पनि नपरोस कि हामी तर्सेका छौं, केपी ओलीको स्पष्टिकरणबाट तर्सेका छैनौं । हामी मैदान छोडेर भाग्नेवाला छैनौं, पार्टी हामी फुटाउँदैनौं । पार्टी फुटाउने केपी होली हुन् । पार्टी फुटाउँछन भने ओलीले फुटाउँछन्, हामीले फुटाउँदैनौं । पार्टीलाई एकतावद्ध बनाउछौं ।

आफू कहिले अलमलमा र द्धिविधामा नपरेको पनि नेता नेपालले स्पष्ट पार्नुभएको छ । आफूले चुनौतिको सामना गर्दै अगाडि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो कस्ता कस्ता कहाँ आए केपी ओली मेरो समुन्नेमा। केपी ओलीको अहिलेको चुरिफुरी प्रधानमन्त्रीको कुर्चिमा बस्दासम्म मात्रै हुने पनि नेता नेपालले बताउनुभयो ।

नेता नेपालले नेकपा एमाले आफूहरुको भएको पनि बताउनुभयो । केपी ओली बि-माले, सि-माले भएकाले पार्टी छोडेर गए हुने टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो नेकपा एमाले हाम्रो हो । केपी ओलीको होइन । अब केपी ओलीले जालझेल गरेर कानूनी हिसाबले कब्जा गरे भने विचार गरौंला होइन भने नेकपा एमाले हाम्रो हो । केपी ओली बि-माले हुन, सि-माले हुन उनी यो पार्टी छोडेर गए हुन्छ ।

केपी ओली र आफूहरुको बीचमा प्रवृति र विचारको लडाई भएको पनि नेता नेपालले बताउनुभयो। ओलीमा व्यक्तवादी प्रवृति रहेको र आफू जहिले सङ्गठनलाई केन्द्रमा राखेर सोच्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो हाम्रो प्रवृति सामुहिकतावादी छ । आफूलाई व्यक्तिवादी, आफुलाई केन्द्रमा राखेर चल्ने प्रवृति केपी ओलीमा छ । हामीले सङ्गठनलाई केन्द्रविन्दुमा राखेर चल्ने कुरालाई प्रोत्साहित गर्दछौं । हामीमा त्यो सङ्गठनवादी प्रवृति रहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...